कार्यक्रम ” प्रकाशमय भबिष्य ” सक्षम र अनुशासित बन्दै विद्यार्थीहरू (तस्बिर सहित)

 

-हिम लेकाली
माघ १४, अर्घाखाँची।
अर्घाखाँची – श्री शान्ति माध्यमिक विद्यालय मालारानी ५ अर्घाखाँचीमा अध्ययनरत विद्यार्थीहरूलाई २ दिने ” प्रकाशमय कार्यक्रम ” अन्तरगत प्रशिक्षण प्रदान गरिएकाे छ ।

हार्ड ल्याण्ड एकेडेमी माध्यमिक विद्यालय वाफल काठमाडौबाट आएका १२ कक्षा पढ्दै गरेका विद्यार्थीहरूले माघ १३ र १४ गते साे विद्यालयमा प्रशिक्षण दिएका हुन् ।
Clcr अस्ट्रेलिया संगठनकाे सहयाेगमा उनिहरू देशका विभिन्न ठाउँका विद्यालयमा पुगेर कार्यक्रम चलाउँ छन् ।

May be an image of 5 people, hospital and text

बिदाकाे बेला पारेर उनीहरू अर्घाखाँची आएका हुन् । उनिहरू प्रशिक्षणमा कहाँ कहाँ जाने विद्यालयले नै छनाैट गरि पठाएकाे र अहिले ३ टाेली देशका विभिन्न भागमा कार्यक्रमकाे लागि निस्केकाे टिम लिडर निर्जला पराजुलीले बताईन् । उनकाे घर अर्घाखाँची हाे र उनी त्यहि बाफल काठमाडौ पढ्छिन् ।

May be an image of 7 people and text

विद्यार्थीलाई पढाईका साथै अतिरिक्त कृयाकलाप ( बाैद्धिक ,शारीरिक ,साहित्यीक ,मनाेबैज्ञानिक ) हिसाबले क्षेमतावान बनाउने उद्देश्यले याे कार्यक्रम सन्चालन गरिएकाे पराजुलीले बताईन् । ग्रामिण तहका विद्यार्थीहरूलाई याे प्रशिक्षण सारै उपयाेगी रहेकाे उनकाे भनाइ छ ।

May be an image of 6 people and text

उनले भनिन् याे कार्यक्रमले विद्यालय पढ्दै गरेका किशाेरिहरूलाई महिनावारी समस्या ,पाठेघरकाे क्यान्सर जस्ता खतरानाक राेगबारे चेतनाजगाउँने छ , विद्यार्थीकाे आन्तरिक चाहना र क्षमता अनुसारकाे अतिरिक्त कृयाकलापमा सकृय बनाउन रूचि जगाउँने छ ,घाेकेर नभै बुझेर पढ्ने बानीकाे विकास गराउँदै , आत्मविस्वासकाे जागरण गरि बाेल्ने बानीकाे विकास गराउने छ साथै see परीक्षा पछि के गर्ने भन्ने बारेकाे कक्षाले उनिहरूलाई भाेलीकाे दिनमा दिशानिर्देश गर्न सघाउने छ ।

May be an image of 5 people and people studying

प्रशिक्षण टिममा प्रतिभा रानामगर (धादिङ ), सलिना थापा (ईलाम) ,अभि लम्साल ( सिराहा ),संगम कार्कि ( रामेछाप ),साैगात लामा (काठमाण्डाै ) बाट सम्लग्न रहेका छन्। उनिहरूले बिद्यालयमा रहेका विद्यार्थीका सदन , रेडक्रस ,बालक्लव लाई राखि प्रशिक्षण दिएका छन्। भने छात्राहरूलाई सेनेटरि प्याडकाे प्रयाेग र समस्या बारे प्रशिक्षण , कक्षा६ र ७ का विद्यार्थीहरूलाई हेण्डराईटिङ्ग र ड्राेईङ् कम्पिटिसन गराई उत्कृष्ट हुनेहरूलाई पुरस्कृत ,साथै छात्र छात्रा सम्मिलित सामुहिक बैठक पनि सम्पन्न गरेकाे सहायक प्रधानाध्यापक माधव पन्थीले बताउनु भयाे ।

May be an image of 7 people and text

१२ कक्षाकाे बाेर्ड परीक्षा सके पछि अर्काे चरणमा फेरि पनि आउने सलिन थापाले बताए । विद्यालयमा गरिने कामकाे रिपोर्ट क्लब मार्फत लिने र सम्पर्कमा रहिरहने उनिले बताए । कार्यक्रम सक्काएर फर्किदा संस्थाले दिएकाे ३० हजार बराबरकाे सहयाेग बापत स्टेसनरि सामान , ८,९ र १० कक्षाका छात्राहरूलाई सेनिटरि प्याड , साथै खेलकुदका सामाग्री समेत छाेडेर जाने उनले बताए । याे अभियमनमा यातायात खर्च र खाना तथा आवास खर्च आफैले ब्यबस्थापन गरेकाे थापाले बताए ।

May be an image of 7 people and people studying

कार्यक्रमकाे दाेश्राे दिन समवार विद्यालयका प्रधानाध्यापक मानबहादुर पाण्डेले कार्यक्रममा समापन मन्तब्य राख्दै यस कार्यक्रमले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप बिस्तार गर्न सघाउ पुर्याएकाे बताउँनु भयाे ।

May be an image of 7 people and text

उहाँले भन्नू भयाे विद्यार्थीले विद्यार्थीलाई नै प्रशिक्षण दिदा विद्यार्थीमा नयाँ भावकाे जागरण भै धेरै सिक्दाे रहेछन् , याे सिकाई र अभ्यास सारै राम्रो छ अब अरू विद्यालयले पनि याे कार्यकाे अनुसरण गर्नु पर्छ ।

उहाँले प्रशिक्षण प्रदान गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र र मायाकाे चिनाे प्रदान गर्दै धन्यवाद र थप सफलताकाे शुभकामना ब्यक्त गर्नु भएको छ । याे टिम १८ सम्म अर्घाखाँची रहने र यहाँ बाट भाेली श्री सिद्ध मा.वि . भडार जाने बताईएकाे छ ।