-बसन्त खड्का , अर्घाखाँची डट्कम / अर्घाखाँची ।
सन्धिखर्क–८ पकलेमा राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको आयोजनामा संघीयता विरोधी सभा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला अध्यक्ष थम्मन केसीले संघीयता नेपाल र नेपाली जनताको हितमा नभई, विदेशीलाई खुशी पार्नका लागि काङ्ग्रेस, एमाले, माओवादीजस्ता ठूला भनिने दलहरूले जबरजस्ती अन्तरिम संविधानमा घुसाएको बताएका छन्।
उनले संघीयता देशको एकता र स्थायित्वका लागि घातक रहेको उल्लेख गर्दै नेपाली जनताले यसलाई खारेज गर्न चैत २४ देखि ३० गतेसम्म काठमाडौं केन्द्रित संघीयता विरोधी आन्दोलनमा एकजुट भएर सहभागी हुन आह्वान गरे।
सभा कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य जीवनारायण खनालले पनि आफ्ना धारणा राख्दै संघीयताको नकारात्मक प्रभावबारे प्रकाश पारेका थिए ।
कार्यक्रमका अतिथिहरूमा चन्द्रप्रसाद बञ्जाडे, राजमो नेता दिलदार हुसेन, तुल्सा बञ्जाडे, अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष भूपाल बिसी, राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिका सहसचिव वसन्त खड्का, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य सन्तोष सुनार, र जातीय समता समाजकी मनकला बिकले उपस्थिति जनाएका थिए।
कार्यक्रमको अध्यक्षता पुष्कर बञ्जाडेले गरेका थिए भने स्वागत मन्तव्य साजन ओलीले राखेका थिए। कार्यक्रमको सञ्चालन कृष्णप्रसाद भुसालले गरेका थिए।
थप तस्बिर :