-गोपाल प्रसाद भट्टराई ,माघ–१७,अर्घाखाँची ।
अर्घाखाँची-राष्ट्रिय जनमोर्चाका नेताहरुले मुलुकको विकास र निकासको बाधक बनेको संघियता खारेज गरि आसन्न चैत्र २४ गते अर्को इतिहाँस रच्नुपर्ने उद्घोष गरेका छन् ।
चैत्र २४ जनआन्दोलन दिवसको रुपमा चित्रित भएको स्वर्णिम दिनलाई संघियता खारेज भएको दिनको रुपमा पनि अर्को पदवी थप्दिनुपर्ने उनिहरुको तर्क छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघियता बिरुद्ध आयोजना गरेका छुट्टा–छुट्टै सभा तथा कोणसभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
अर्घाखाँचीको भूमिकास्थान–७ र ८ को लम्चिमा, सन्धिखर्क–८ को पकलेमा र मालारानी ७ र ८ को रतनमारेमा राजमोले संघियता बिरुद्ध जनसभा र कोणसभा सम्पन्न गरेको हो ।
भूमिकास्थान–७ र ८ को संयुक्त सभामा रा.ज.मो.केन्द्रिय सदस्य सागर के.सी.,नेता बाबुराम पन्थी, नगर अध्यक्ष हिमलाल बन्जाडे, अखिल नेपाल युवक संघ केन्द्रिय सचीव ठाकुर पन्थी लगायले मन्तव्य राख्नुभएको थियो ।
रा.ज.मो. भूनपा–८ का वडा अध्यक्ष चेतनारायण गैरेको अध्यक्षता, वडा सचीव शुरेस आचार्यको स्वागत मन्तव्य र नगर सचीव प्रकाश पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा राजमो सल्लाहकार टेक बहादुर थापा, अखिल नेपाल शिक्षक संघका नेता गोपाल आचार्य र प्रगतिशील पत्रकार संघका केन्द्रिय सचीव गोपालप्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै सन्धिखर्क–८ पकलेमा सम्पन्न सभामा राजमो जिल्ला अध्यक्ष थम्मन के.सी., नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य जीवनारायण खनालले बोल्नुभएको थियो ।
सनपा ८ का वडाध्यक्ष पुष्करनाथ बञ्जाडेको अध्यक्षता, साजन ओलीको स्वागत मन्तवय र कृष्ण प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा राजमोका स्थानिय नेताहरु चन्द्र प्रसाद बञ्जाडे, दिलदार हुसेन, तुलसा बञ्जाडे, भूपाल बिसी, वसन्त खड्का, सन्तोष सुनार र मनकला वि.क.को आतिथ्यता रहेको थियो । उता मालारानी–६ र ७ को संयुक्त सभा रतनमारेमा सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष शोभ बहादुर केसीको अध्यक्षता र सुदिप पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सागर के.सी., जिल्ला सचिवालय सदस्य भिमलाल आचार्य र जिल्ला सदस्य डिल बहादुर खत्री लगायतले बोल्नुभएको थियो ।
जनआन्दोलन दिवसको अवसर पारेर राष्ट्रिय जनमोर्चाले आसन्न चैत्र २४ देखि ३० गतेसम्म काठमाडौंमा संघियता बिरुद्ध शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।
सोहि कार्यक्रमलाई सफल पार्न अहिले यो पार्टीले देशैभर जिल्ला तहमा तयारीका कार्यक्रमलाई ब्यापकता दिएको छ ।
जसअनुसार अर्घाखाँचीमा पनि पौष महिनामा जिल्ला, पालिका र वडा तहका बैठक तथा भेला सम्पन्न गरि अहिले प्रचारात्मक सभाहरु गर्दै आएको छ ।
थप तस्बिर :