अर्घाखाँची: पत्रकार केसी पुरस्कृत (तस्बिर सहित)

 

अर्घाखाँची-  प्रेस चाैतारी नेपाल अर्घाखाँचीकाे साताैं जिल्ला अधिवेशनमा कान्तिपुर दैनिकका उपसम्पादक तथा अर्घाखाँची जिल्लाका वरिष्ठ वीरेन्द्र केसी पुरस्कृत भएका छन् । उनलाई प्रकाश स्मृति पत्रकारिता पुरस्कार- २०८१ बाट बिहीबार सन्धिखर्कमा पुरस्कृत गरिएको छ ।

एमाले अध्यक्ष पिताम्बर भुसालले नगद पुरस्कारले पुरस्कृत गरेका हुन । केसीलाई लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशिल रही सुचना तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण याेगदान गरेको भन्दै सम्मान गरिएको प्रेस चाैतारीका अध्यक्ष वसन्त श्रेष्ठले बताए ।

उदघाटनमा एमाले जिल्ला अध्यक्ष भुसालले पत्रकारिता क्षेत्रमा केसीको महत्त्वपूर्ण याेगदान रहेकोले सम्मान गरिएको बताए ।

केसीसँगै पत्रकार महासंघका पुर्बअध्यक्ष शाेभाखर पन्थी र सन्धिखर्क एफएमका स्टेसन म्यानेजर श्याम घिमिरेलाई पनि पुरस्कृत तथा सम्मान गरिएको छ ।