प्रेस चैतारी नेपाल अर्घाखाँचीको नवगठित कार्यसमितिको उपाध्यक्षमा सिदार्थ के.सी., महिला उपाध्यक्ष करिस्मा खनाल, सचिवमा नवीन रसाईली, सह– सचिव लक्ष्मी खनाल, समावेशी सह–सचिवतर्फ कमला परियार र कोषाध्यक्षमा प्रकाश प्यूठानी चयन हुनुभएको छ ।
यस्तै समितिको सदस्यहरूमा चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल, रमेश कुमार थापा, कमल प्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार र कोपिला आचार्य निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष के.सी.ले संगठनले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्ने र पेशागत दायित्वलाई बोध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सातौं अधिवेशनबाट शोभाखर पन्थी, वसन्त श्रेष्ठ र भगवता पाण्डे केन्द्रीय प्रतिनिधिको रुपमा छनौंट हुनुभएको छ । यस्तै माधव वेल्वासे, सविता आचार्य र माया पन्थी प्रदेश प्रतिनिधिमा चयन हुनुभएको प्रेस चौतारी नेपाल अर्घाखाँचीले जनाएको छ ।
७ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा सञ्चारका माध्यममाथि चुनौंति थपिएको बताउनुभएको छ । औपचारिक कार्यक्रमको एक लाइन इस्टाटस र फोटो फेसबुकमा पोष्ट गर्ने प्रचलन बढेको भन्दै अध्यक्ष भुसालले यसले पत्रकारको भूमिका नपुग्ने बताउनुभएको छ ।
सत्त, तथ्य, निष्पक्ष र खोजमुलक समाचार लेख्न र पढ्न पत्रकारलाई उहाँको आग्रह छ । नेपालको परिर्वतनको आन्दोलनमा पत्रकार र सञ्चार जगतको भूमिका अतुलनिय रहेको स्मरण गर्दै अध्यक्ष भुसालले हिजोको बिरासत कायम राख्दै आजका चुनौंतिलाई चिरेर अगाडि बढ्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।
एमाले अर्घाखाँचीका नेताहरु, प्रेसचौतारीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु, अन्य पेशागत संघ÷संगठनका जिल्ला अध्यक्षहरु, पत्रकार महासंघका पदाधिकारी तथा पूर्व पदाधिकारी लगायत सरोकारवालाको उल्लेख्य सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।