एक्टर बिबादमा निर्माता, निर्देशक समाज र बिकास बोर्ड नबोलेकोमा निश्चल बस्नेतको आपत्ति

 

काठमाडौं, १८ माघ । एक्टर बिबादका बारेमा निर्देशक निश्चल बस्नेतले मुख खोलेका छन् ।

एक्टर र एक्टर टेक वानका बिबादमा निर्मता संघ र निर्देशक समाज नबोलेकोमा पनि उनले आपत्ति जनाएका छन् ।

‘एक्टर र एक्टर टेक वानको लफडाले गलत नजिर बस्ने सम्भावन धेरै । आर्थिक लेनदेन ले जुटाएको सहमति हो भने धेरै चलचित्रकर्मिलाई अफ्ट्यारो पर्नेछ आउने दिनहरुमा, होईन र सहमतिमात्र भएको हो भने दुख दिनलाई रिलिज बिगार्नलाई यस्तो हर्कत हुनसक्छ,’ बस्नेतले भनेका छन्, ‘यत्रो सब भई रहदाँ पनि न निर्माता संघको धारणा आयो न निर्देशक समाजको न बिकास बोर्ड को ।’

उनले अगाडी लेखेका छन, ‘दुई फिल्मको ईगोको लडाई मात्र समझिएपछी कस्को के लाग्छ । फिल्म दर्ता प्रणालीमा ठुलो भ्वाङ रहेछ, नामको पनि कपिराईटलाई ब्यवस्थित गर्नुपर्ने रहेछ भन्ने कुरा कसैले सम्झाईदिनुहोला है, अनि साँच्चै , यो दुई चलचित्रको सहमतिमा यो दुई छुट्टिको दिनमा भएको ब्यापार घाटाको क्षयतिपुर्तिको कुरा भयो कि भएन ?’