राष्ट्रिय जनमोर्चाको कोणसभा अर्घाखाँचीको अर्घा बिहारमा सम्पन्न (तस्बिर सहित)

 

 

-बसन्त बहादुर खड्का , अर्घाखाँची डट्कम।

अर्घाखाँची, सन्धिखर्क। “राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र एमसीसी खारेज गरौँ!” भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको आयोजनामा अर्घाखाँची जिल्लाको अर्घा बिहारमा भव्य कोणसभा सम्पन्न भएको छ।

May be an image of 10 people and text

यही माघ ५ गतेदेखि जिल्लाका सबै छवटा स्थानीय तहमा जनसभा तथा कोणसभा गर्दै आएको राष्ट्रिय जनमोर्चाले संघीयताको असफलता उजागर गर्दै प्रदेश खारेज गरी स्थानीयतहलाई सुदृढ बनाउने पक्षमा जोड दिँदै आएको छ। सोही क्रममा सम्पन्न अर्घा बिहारको कोणसभाले आगामी चैत्र २४ देखि ३० गतेसम्म काठमाडौं केन्द्रित आन्दोलनमा व्यापक सहभागिताका लागि आम देशप्रेमी जनतालाई आह्वान गरेको छ।

May be an image of 7 people and text

कोणसभाका प्रमुख वक्ता तथा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य एवं जिल्ला अध्यक्षले संघीयता नेपालका लागि संघीयता बोझ मात्रै सावित भएकाले यसलाई खारेज गरी विकेन्द्रीकरणमार्फत स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले संघीयता खारेज तथा एमसीसीको विरोधमा हुने काठमाडौं केन्द्रित आन्दोलनमा सशक्त सहभागिता जनाउन सम्पूर्ण जनता तथा पार्टी कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो।

May be an image of 5 people, Stari Most and text

कोणसभामा विभिन्न नेताहरूले संघीयताको असफलता, एमसीसीको असर तथा राष्ट्रिय स्वाधीनताको विषयमा धारणा राख्नुभएको थियो। अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष जीव नारायण खनाल राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य भिमलाल आचार्य अखिल नेपाल युवक संघकी जिल्ला सदस्य रिता पुन राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिका सहसचिव वसन्त खड्काले आफ्ना भनाई राखेका थिए।

May be an image of 9 people and street

उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसी राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दिलदार हुसेन अखिल नेपाल महिला संघकी जिल्ला सदस्य शारदा आचार्य,अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष जनक पुन अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष भुपाल बिसी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य सन्तोष सुनार लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।

May be an image of 10 people and text

कोणसभामा राष्ट्रिय जनमोर्चाका जिल्ला नेतृत्वका साथै विभिन्न संगठित मोर्चाहरूको सशक्त उपस्थिति देखिनुका साथै स्थानीय जनता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता रजमो ९ वार्ड समितिका अध्यक्ष अमर कार्कीको रहेको थियो भने स्वागत मन्तव्य रामचन्द्र भुसालले र सञ्चालन नगर उपाध्यक्ष रुद्रप्रसाद पराजुलीले गर्नुभएको थियो।

राष्ट्रिय जनमोर्चाले संघीयता खारेज तथा एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ। यस आन्दोलनलाई अझ सशक्त बनाउँदै आगामी चैत्र २४-३० गते काठमाडौं केन्द्रित जनआन्दोलनमा व्यापक सहभागिता जनाउने तयारी गरिरहेको छ।