-सन्तोष सुनार,अर्घाखाँची।
अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलन सफल पार्नको लागी सन्धिखर्क नगरपालिका वाड १२ को सल्लिकोट्मा कोणसभा गरेको छ।
संघीयता विरुद्ध विशेष गरेर प्रदेश खारेज गर्नको लागि दबाब दिने उदेश्यले राष्ट्रिय जनमोर्चाले आउंदो चैत्र २४ देखि ३० गतेसम्म काठमाडौंमा राजधानी केन्द्रित आन्दोलन गर्दै छ।उक्त आन्दोलन सफल पार्नको लागि राष्ट्रीय जनमोर्चा अर्घाखाँचीले पनि जिल्ला ब्यापी कोण सभा सम्पन्न गरेको राजमो जिल्ला समिती सदस्य गोपाल पाण्डेले बताउनु भयो।
अर्घाखाँची जिल्लाका मालारानी गाउँपालिका,भुमिकास्थान नगरपालिका ,पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका ,शितगगङ्गा नगरपालिका र सन्धिखर्क नगरपालिकाका विभिन्न वाडहरुमा कोण सभा ,सभा र जनसभा सम्पन्न गर्दै आएको र आज यश सन्धिखर्क नगरपालिकाको वाड बाह्रमा पनि सम्पन्न गर्न लागेको राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन केसिले सम्बोधन मार्फत जानकारी गराउनु भएको थियो ।
कोणसभामा लुम्बिनी प्रदेश सदस्य थम्मन केसि,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, ट्रेड युनियन गोबिन्द बिसि, जिल्ला सदस्य गोपाल पाण्डे,कार्यक्रममा कार्यक्रम मनतब्य राख्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सदस्य तथा राजमो जिल्ला अध्यक्ष थम्मन केसि,अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का केन्द्रिय उपाध्यक्ष गोबिन्द विसि ,नेकपा मसाल जिल्ला प्रवक्ता पशुपती ढकाल, राजमो जिल्ला सदस्य तथा सनपा सातका वाड अध्यक्ष दिलदार हुसेन प्रगतिशील पत्रकारसँग का सदस्य सन्तोष सुनार को उपस्थिति रहेको थियो। कोणसभा कार्यक्रम डिल्दार हुसेनले संचालन गर्नु भएको थियो।