सन्धिखर्कमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर रुपन्देहीको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सहजीकरणमा उपभोक्ता जागरण तथा उद्यमीसँग अन्तरक्रिया कार्यक्रम
नविन विक, अर्घाखाँची ।
अर्घाखाँची । उपभोक्ता जागरण तथा उद्यमीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्कमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर रुपन्देहीको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सहजीकरणमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले सरकारले उपभोक्ता र उद्यमी दुवैका लागि यस्ता अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको बताए । उनलेे उद्यमीका समस्या उद्यमी सम्बन्धि प्रदेश ऐन बनाउँदा उठान गर्ने प्रतिबद्धता जनाए । ‘राज्यले असिमीत रोजगारीका अवसरहरु उपलब्ध गराउन सक्दैन,’ उनले भने ‘बेरोजगारीका समस्या धेरै समाधान गर्ने निजी क्षेत्रले हो, यसका लागि धेरै उद्योग, व्यवसाय फस्टाउन आवश्यक छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, अर्घाखाँची उद्योग वाणिज्य संघमा महासचिव तुल्सीराम खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको कार्यपत्र घरेलुु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दर्गा न्यौपानेले प्रस्तुत गरेकी थिइन ।
कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक इश्वरी चन्द्र अर्यालको अध्यक्षता र घरेलुु कार्यालय अर्घाखाँचीका कम्प्युटर अपरेटर हुम बहादुर विकको संचालनमा सम्पन्न भएको थियो ।
थप तस्बिर :