-हृदय भुसाल अर्घाखाँची ।
अर्घाखाँची । प्रगतिशील लेखक संघ अर्घाखाँचीको चौथो सम्मेलन तथा बुद्धि रायमाझी स्मृति ग्रन्थ बिमोचन कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन गर्दै संघका केन्द्रिय महासचिब डाक्टर देबि प्रसाद दुलालले ब्यबस्था परिबर्तनमा प्रगतिशील लेखक संघले खेलेको भुमिका अतुलनीय भएको भन्दै नयाँ परिस्थिति अनुसार अबस्था परिबर्तनमा समेत भुमिका खेल्नु पर्ने बताए ।
सामाजिक,सास्कृतिक तथा राजनीति रुपान्तरणका साथै सामाजिक बिकृती बिसगतिका विरुद्ध लेखक संघले अभिछिन्न रुपमा कलम चलाउदै आएको महासचिव दुलालले बताए ।
अधिबेशनमा लेखक संघका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य बिजुली रायमाझीले लेखक संघको गरिमा लाई अझ उचो बनाउन आफू निरन्तर लाग्ने बताइन् । जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोईरालाले लेखक संघले जनताको पक्षमा निरन्तर कलम चलाउनु पर्ने बताए ।
अधिबेशनमा सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ,मालारानी गाउँ पालिका अध्यक्ष दल बहादुर भट्टराई, सितगगा नगरपालिका उपप्रमुख गिता भाट,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, बामपन्थी बुद्धिजिबि सागर केसी, नरेन्द्र कुमार क्षेत्री लगायतले अधिबेशन सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बामपंथी बुद्धिजिबि लेखक थम्मन केसी,श्रीकृष्ण भुसाल हिम जिसि लेकाली बिष्णु बस्याल, गोपाल भट्टराई,बिष्णु भुसाल,लगायतको आथित्यता रहेको थियो ।
अर्घाखाँची जिल्लाको कम्युनिस्ट आन्दोलनको अगुवाई संगठन निर्माण र बिस्तारका साथै सामाजिक रुपमा पुराउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै संघका सस्थापक अध्यक्ष बुद्धि रायमाझीको सम्झना प्रकाशित बुद्धि रायमाझी ग्रन्थको बिमोचन गरिनुका साथै दिबगत रायमाझीले पुराएको योगदानको सबैले चर्चा गरेका थिए ।
अधिबेशनको उद्घाटन शत्र संघका जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता सहसचिब हृदय भुसालको स्वागत मनतब्य र सचिब भेष बहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । उद्घाटन शत्रमा ज्ञान बहादुर क्षेत्री,माधबा भुसाल,बुद्धि गैरे,कृष्ण प्रसाद भुसाल लगायतले साहित्य श्रीजना समेत प्रस्तुत गर्नु भएको थियो ।
अधिबेशनको बन्द शत्रले ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा भेष बहादुर क्षेत्री,सचीव हृदय कुमार भुसाल,सहसचिब माधबा भुसाल कोषाध्यक्ष भिमलाल आचार्य रहेको १५ सदस्य कार्यसमिति समेत चयन भएको छ । बिजुला रायमाझी कमल प्रसाद घिमिरे रहेको ५ सदस्य सल्लाहकार समिति समेत चयन भएको संघले जनाएको छ।
थप तस्बिर :