सामाजिक कु–रिति र हिंसा न्युनिकरणको निम्ती भूमिकास्थानको सक्रियताः बालबालिकाले गरे सडक नाटक प्रदर्शन, नगरस्तरिय बालक्लबको अध्यक्षमा अनिषा रायमाझी चयन (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको बालप्रतिभा प्रदर्शनी अन्तरगत विद्यालयका बालबालिकाले सडक नाटक प्रदर्शन गरेका छन् ।

May be an image of 4 people and speaker

महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाको आयोजनामा आइतबार नगरपालिकाको सभाहलमा शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता, विभेद र बाल विवाह, महिला हिंसा तथा महिला विरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

May be an image of 9 people and text

नगरस्तरिय बालभेलामा छात्र र छात्राहरुले  सडक नाटक प्रदर्शन गर्दै असमान व्यवहार तथा विभेदले मानव जीवनमा पार्ने असरको बारेमा सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

May be an image of 10 people and people studying

सडक नाटकबाट समुदायमा भएको कुरिति, महिला हिंसा, छोराछोरीमा हुने विभेदका बारेमा जानकारी मिल्नुका साथै शिक्षाको अवसरबाट वञ्चित छोरीहरूलाई न्याय मिल्ने भूमिकास्थान नगरप्रमुख झविलाल थापाको विस्वाँस छ । यस्ता चेतना जगाउने सडक नाटक तथा अन्य बालप्रतिभालाई अझ ब्यापकता बनाएर हिंसा र विभेदको अन्त्य गर्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ ।

May be an image of 3 people, dais and text that says "समिकास्थान नर नुबाकोट, अघय"

कार्यक्रममा भगवती मा.वि.भूमिकास्थान–२, ढाकावाङ्गका विद्यार्थीहरुले अहिलेपनि समाजको एक जटिल समस्याको रुपमा रहँदै आएको बालबिबाह, बालश्रम, लागुऔषध दुव्र्यसनी, जातीय तथा लैङ्गिक हिंसा सम्बन्धि सडक नाटक प्रदर्शन गरेका हुन् ।

May be an image of 9 people, people studying and people smiling

विद्यालयका बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने गरि आयोजना गरिएको नगर स्तरिय बालभेलामा विश्व मा.वि.ढाकावाङ्गका अमृता रिजाल र मधु खनाल, बालशिक्षा मा.वि. ढाकावाङ्गका संगिता सुनार र विनोद परियार, अन्नपूर्ण मा.वि. धारापानीका वृन्दा भाट र  अनिष बन्जाडे, प्रभावकर मा.वि. धारापानीका रिजन बन्जाडे र अन्जना पौडेल,

May be an image of 9 people

शान्ति मा.वि. धारापानीका मन्जु पोख्रेल र अस्मिता बन्जाडे, विरेन्द्र आधारभुत विद्यालय धारापानीका समिर सुनार र सुची बन्जाडे, लक्ष्मी आधारभुत विद्यालय धारापानीका प्रतिमा आले र क्याविन पून, जनप्रिय मा.वि. असुरकोटका कविता वेल्वासे र कुशल वेल्वासे, बालशिक्षा मा.वि. असुरकोटका सावित्रा सुनार र शिशिर श्रेष्ठ, धर्मावती

May be an image of 10 people and people studying

आधारभुत विद्यालय असुरकोटका  बिपसा बन्जाडे र पवित्रा थापा, शान्ति मा.वि.खिल्जीका अनुजा पौडेल र प्रसंशा पौडेल, भगवती मा.वि. नुवाकोटका साधना आचार्य र अतुल घ.म., नुवाकोट मा.वि.चिदिचौरका अनिषा रायमाझी र समीप सुनार, यशोधरा आधारभुत विद्यालय च्युरामाटीका प्रीया जि.सी.र महेश पौडेल, लम्ची आधारभुत

May be an image of 8 people

विद्यालय नुवाकोट लम्चिका विविशा रायमाझी, भगवती मा.वि. डेभाका नर्मदा गिरी र सुरज वि.क., शारदा मा.वि. ढिकुराका कोपिला घिमिरे र अभिषेक गैरे, दिपेन्द्र आधारभुत विद्यालय ढिकुराका गंगा खासु र मनिष नेपाली, जनजागृती मा.वि.धनचौरका मनुजा रायमाझी र अर्विन घ.म., सरस्वती आधारभुत विद्यालय धनचौरका रितिक मरासिनी र मनिषा उचाईले प्रस्तुती दिनुभएको नगरस्तरिय महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख शान्ता अचार्यले जानकारी दिनुभएको छ ।

May be an image of 4 people, dais and text

यि बालबालिकाले भूमिकास्थानले बालबालिकामा गरेको लगानीले पारेको प्रभाव, जेष्ठ नागरिकका ज्ञानसीप र अनुभवबाट बालबालिकामा परेको प्रभाव, अपांगता भएका व्यक्ति विरुद्ध हुने भेदभावको अन्त्य गरि हक अधिकारको संरक्षणमा स्थानीय सरकारको भूमिका, सामाजिक संजालको दुरुपयोग र असर, गुणस्तरिय शिक्षा लगायतका

May be an image of 4 people and text

बिषयमा आ–आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका हुन् । कार्यक्रममा भूमिकास्थानका नगर उप–प्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली सहित नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं शिक्षक प्रतिनिधि र विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

May be an image of 5 people and people studying

बालअधिकार, कर्तव्य र दायित्वका काम गर्न बालक्लबको गठनः बालप्रतिभा प्रदर्शनी पछि शनिबार नै आयोजित बालभेलाले नुवाकोट मा.वि.चिदिचौरका छात्रा अनिषा रायमाझीको अध्यक्षतामा नगर स्तरिय बालक्लबको गठन समेत गरेको छ ।

May be an image of 10 people and people studying

जसको खुला उपाध्यक्षमा जनजागृती मा.वि.धनचौरका अर्विन घ.म., महिला उपाध्यक्षमा भगवती मा.वि. ढाकावाङ्गका सपना नेपाली छनौंट हुनुभएको छ ।

May be an image of 3 people, people studying and text

नवगठित नगरस्तरिय बालक्लबको सचिवमा प्रभावकर मा.वि. धारापानीका रिजन बन्जाडे, सह–सचिवमा यशोधरा आधारभुत विद्यालय च्युरामाटीका प्रीया जि.सी. र कोषाध्यक्षमा सरस्वती आधारभुत विद्यालय धनचौरका रितिक मरासिनी चयन हुनुभएको छ ।

May be an image of 6 people, people studying and text

बालक्लबको सदस्यहरुमा क्रमशः मधु खनाल विश्व मा.वि.ढाकावाङ्ग, संगिता वि.क. बालशिक्षा मा.वि.ढाकावाङ्ग, अस्मिता बन्जाडे शान्ति मा.वि.धारापानी, कुशल वेल्वासे

May be an image of 6 people and people studying

जनप्रिय मा.वि.असुरकोट, साधना आचार्य भगवती मा.वि.नुवाकोट, कोपिला घिमिरे शारदा मा.वि.ढिकुरा, नर्मदा गिरी भगवती मा.वि. डेभा, अनुजा पौडेल शान्ति

May be an image of 9 people and people studying

मा.वि.खिल्जी, सावित्रा सुनार बालशिक्षा मा.वि. असुरकोट, क्याविन पून लक्ष्मी आधारभुत विद्यालय धारापानी र अनिष बन्जाडे अन्नपूर्ण मा.वि. धारापानी रहनुभएको छ ।

May be an image of 2 people and text

कार्यक्रम विश्व मा.वि.ढाकावाङ्गको छात्रा अनिषा वेल्वासेको अध्यक्षता, महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख शान्ता आचार्यको स्वागत तथा सहजीकरण र लम्ची आधारभुत विद्यालयका छात्र नवीन आचार्यको संचालनमा सम्पन्न भएको हो ।

 

May be an image of 2 people and people studying