निवृत राष्ट्रसेवक समाज मालारानीको तेस्रो भेला सम्पन्नः अध्यक्षमा भोजराज रिजाल निर्वाचित

 

गोपाल प्रसाद भट्टराई

फागुन–६,अर्घाखाँची

अर्घाखाँची निवृत राष्ट्रसेवक समाज नेपाल मालारानीको अध्यक्षमा भोजराज रिजाल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न गाउँपालिका स्तरिय तेस्रो भेलाले अध्यक्ष रिजालको नेतृत्वमा ११ सदस्यिय कार्यसमितिको गठन गरेको हो ।

जसको उपाधयक्षमा हिम बहादुर राना, सचिव रुद्र प्रसाद खनाल, सह–सचिव भिमलाल पन्थी र कोषाध्यक्षमा विरेन्द्र कुमार चौहान चयन हुनुभएको छ । भेलामा समाजका केन्द्रिय सह–अध्यक्ष बिष्णु प्रसाद बस्याल, जिल्ला सचिव कमल प्रसाद घिमिरे र जिल्ला सदस्य खुवीराम खनालको बिशेष उपस्थिति तथा सहजीकरण गर्नुभएको थियो ।

तेस्रो भेलाबाट गठित समितिको सदस्यहरुमा भुवानन्द भुसाल, गिरी प्रसाद मरासिनी, अनिरुद्र सुवेदी, गगन थापा, लिलावती खनाल र शान्ता जि.सी. रहनुभएको छ । भेलालाई सम्बोधन गर्दै समाजका नेताहरुले निवृत राष्ट्रसेवक कर्मचारीको सिप र अनुभवलाई उपयोग गर्न खोजेमा स्थानिय सरकारलाई सहयोग गर्न आफुहरु तत्पर रहेको बताएका छन् ।

जिवनको सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि निबृत्त भएपछि आफ्नो अनुभवयुक्त समयलाई समेत सदुपयोग गरि समाजसेवामा योगदान पु¥याउने उद्देश्यले यो संस्थाको स्थापना गरीएको उनिहरुको भनाई छ ।

भेलाले डिल्लीराज घिमिरे, रामजी प्रसाद शर्मा, विर बहादुर खनाल, महेश चौहान र भोजराज पोख्रेललाई सल्लाहकारको रुपमा छनौंट । गरेको । यस्तै थानेश्वर खनाल, टोपलाल खनाल, डिलाराम खनाल र बिष्णु प्रसाद मिश्रलाई जिल्ला प्रतिनिधिको रुपमा चयन गरेको छ ।