क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो , १९ जना गम्भिर घाइते

 

काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ ।

May be an image of 5 people, aircraft and arctic

स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । दुर्घटनामा कम्तीम १९ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

तर डेल्टा एयरलाइन्सका सीईओ डेबोराह फ्लिन्टले भने कुनै पनि यात्रु गम्भिर घाइते नभएको बताएका छन् ।

विमान दुर्घटनाको कारण खुलेको छैन । विमानस्थलका अधिकारीहरुले रनवे सुक्खा रहेको बताएका छन् । तर विमान कसरी चिप्लियो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।