अर्घाखाँची अस्पताल प्रदेशमै दाेस्राे स्थान हासिल गर्न सफल,अस्पतालकाे अनुगमन मुल्यांकन तथा समीक्षा कार्यक्रम सम्पन्न (तस्बिर सहित) ।

 

-हिम लेकाली।

फागुन ६ , सन्धिखर्क। अर्घाखाँची अस्पताल प्रदेशमै अहिले सम्म उत्कृष्ट कार्य सम्पादन गरि दाेस्राे स्थान प्राप्त गर्न सफल भएकाे छ ।

May be an image of text that says "न्युनतम सेवा मापदण्ड कार्यनवयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मुल्याड्वन तथा समिक्षा कार्यक्रम अर्घाखांची अस्पताल मिति: ₹ಂಡ9-99-04 २०१- देखि देखि६ E लं्विनी प्रदेश सरकार स्ास्थमन्वालय लुष्यिनप्रदेशसरकार स्वास्थ्य मन्तालय स्वास्थय निदेशनालय"

न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम ( mss ) अन्तरगत मङ्गलबार अर्घाखाँची अस्पतालकाे अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा प्रदेश बाट आएकाे बिज्ञहरूकाे टाेलिले मुल्यांकन गरि अस्पतालले प्रदेशमा दाेश्राे स्थान प्राप्त गरेकाे घाेषणा गरेकाे छ ।

अहिले सम्म प्रदेशका १३ अस्पताल अनुगमन मुल्यांकन गर्दा अर्घाखाँची अस्पताल ९४ % अङ्क प्राप्त गरेकाे छ भनेअनुगमन मुल्यांकनमा बर्दिया अस्पताल ९७ अङ्क प्राप्त गरि पहिलाे स्थानमा छ ।

May be an image of 1 person, dais and text that says "अर्धसांची अस्पताल सनिाखक"

कार्यक्रम लुम्बिनी प्रदेश , स्वास्थ्य मन्त्रालय , स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा अस्पताल विकास समिति सदस्य तथा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ काे अध्यक्षतामा सम्पन्न भएको हाे ।

May be an image of 8 people, people studying and text

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेईरालाले उत्कृष्ट कार्य सम्पादन गरि अस्पताललाई उचाईमा पुर्याउन गर्नु भएकाे महत्त्वपूर्ण भूमिका प्रति अस्पताल प्रमुख डा.तिवारी र सम्पूर्ण स्वास्थ्यकर्मि ,कर्मचारीहरू साथै निक्स साईमन संस्थालाई बधाई तथा धन्यवाद ब्यक्त गर्नु भयकाे थियाे ।

May be an image of 10 people and people studying

उहाँले स्वास्थ्य कर्मिलाई मुस्कान सहितकाे सेवा प्रदान गर्न आग्रह गर्नु भयाे । काेइरालाले अस्पतालकाे भाैतिक संरचना निर्माण र दक्ष स्वास्थ्यकर्मिकाे ब्यवस्थापनमा प्रतिबद्ध भएर लागेकाे बताउनु भयाे ।

May be an image of 2 people, dais and text

अस्पतालका कार्य प्रगति र समस्याका बिषयमा अस्पताल प्रमुख जगन्नाथ तिवारीले प्रस्तुति राख्नु भएकाे थियाे ।

May be an image of 1 person, dais and text that says "अर्धासांची अस्पताल सन्घिरक"

मुल्याङ्कन टाेलीका प्रमुख पृथ्वीचन्द्र अस्पताल नवलपरासी का प्रमुख डा.नरूल माेहम्मद हाेदाले अस्पतालका सबल पक्ष र सुधार गर्नु पर्ने पक्षहरूकाे बारे चर्चा गर्दै २ दिने अनुगमन मुल्यांकन बाट प्राप्त बिबरण प्रस्तुत गर्नु भएकाे थियाे ।

May be an image of 5 people and people studying

कार्यक्रम समापन मन्तब्य राख्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले अस्पतालकाे विकासकाे निम्ति सम्बन्धित निकायमा आवाज उठाएकाे र नगर बाट पनि आवश्यकिय सहयाेग

May be an image of 12 people, people studying, hospital and text

प्रदान गर्दै आएकाे बताउनु भयाे उहाँले सुविधा सम्पन्न भवन निर्माण बलड बैक स्थापना ,बाल राेग ,महिला तथा हाडजोर्नी बिशेषज्ञ सेवा सन्चालन का लागि प्रदेश मुख्य मन्त्री र विभागीय मन्त्री समक्ष पटक पटक छलफल भै याेजना समेत पेश भएकाे बताउनु भयाे ।

May be an image of 7 people, temple, hospital and text

अस्पताल ब्यबस्थापन अधिकृत शिव बन्जाडेकाे सन्चालन र नरसिं अधिकृत सुनिता आचार्यकाे स्वागत मा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नूमलाल पन्थी ,सन्धिखर्क नगरपालिका वडा नं १ का अध्यक्ष माधव श्रेष्ठ ,स्वास्थ्य कार्यालय प्रमुख शिव नेपाली त्यसै गरि स्वास्थ्य निर्देशनालय बाट अच्युत शर्मा न्याैपाने ( कन्सल्टेन कम्युनिटि फिजिसियन ) मान बहादुर वलि ( तथ्यांक अधिकृत) अस्मिता नेपाल ( जन स्वास्थ्य अधिकृत) शन्देश पाैडेल ( mss अधिकृत ) र अर्घाखाँची जन स्वास्थ्य अधिकृत

May be an image of 1 person, dais and text

कृष्ण पाख्रेल ,पत्रकार महासंघ का जिल्ला उपाध्यक्ष रूद्रमणि भुसाल , अस्पताल ब्यबस्थापन सुदृढीकरण समिति सदस्य हिम लेकाली , लगायत काे आतिथ्य रहेकाे थियाे ।

May be an image of 1 person and text

कार्यक्रममा अर्घाखाँची अस्पतालमा कार्यरत डाक्टर ,स्वास्थ्यकर्मि तथा कर्मचारीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।