नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ

 

काठमाडौं ।भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की रेखा गुप्ता नियुक्त हुनुभएको छ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा हुँदैछ । हिजो बेलुका बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

दिल्लीको सत्तामा भाजपाको २७ वर्षपछि पुनरागमन भएको हो । दिल्ली विधानसभा चुनावमा कुल ७० सिटमध्ये भाजपाले ४८ सिट जितेर सत्तामा फर्किएको हो ।