गोपाल प्रसाद भट्टराई
फागुन–१५,अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान–१०, धनचौर घेचाकापोखरामा भक्तजनकै आर्थिक सहयोगमा छत्रेश्वर शिवालय मन्दिरको निर्माण गरिएको छ ।
नवनिर्मित मन्दिरको महाशिवरात्रीको अवसरमा बुधबार भव्य समारोहका साथ उद्घाटन तथा पञ्चमुखी शिवलिङ्ग प्रतिस्थापन गरिएको छ ।
स्थानिय भक्तजन, देश तथा विदेशका विभिन्न क्षेत्रमा बसोबास गर्ने धनचौरका नागरिक सहित जिल्लाका विभिन्न व्यक्तिद्धारा संकलित स्वच्छिक सहयोगबाट निर्मित मन्दीरको बुधबार एक भव्य समारोहका विच समुद्घाटन गरिएको हो ।
भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे, भूमिकास्थान–१० का कार्यबाहक वडाध्यक्ष जनक गैरे सहित स्थानिय अग्रज एवं सरोकारवालाको उल्लेख्य सहभागितामा मन्दीर उद्घाटन र पञ्चमुखी शिवलिङ्ग प्रतिस्थापन गरिएको छ ।
कार्यक्रममा बोल्दै अतिथिहरुले स्थानियकै अग्रसरतामा भएको पवित्र कार्यको प्रशंसा गर्नुभएको छ । भूमिकास्थानले धनचौरलाई पर्यटन हब बनाउने अभियान चलाएको भन्दै नगर प्रमुख थापाले छत्रेश्वर शिवालय मन्दिर निर्माणले अभियानलाई थप टेवा पुग्ने विस्वांस व्यक्त गर्नुभएको छ ।
पञ्चमुखी शिवलिंग सहितको मन्दिर निर्माणमा करिब ८ लाख खर्च भएको र उक्त रकम सबै सहयोगी दाताहरुबाट संकलन भएको मन्दिर निर्माण समितिका अध्यक्ष धर्मराज भट्टराईले जानकारी दिनुभएको छ ।
महाशिवरात्रीको अवसरमा बुधबार भव्य समारोहका साथ मन्दीर उद्घाटन संगै दाता सम्मान, भजनकृतन लगायत पुजाआजा समेत सम्पन्न गरिएको स्थानिय अगुवा एवं आर्थिक संकलन समितिका सदस्य लेखनाथ पाण्डेको भनाई छ ।
जेष्ठ नागरिकबाट भजनकृतन गराई संस्कृति संरक्षणमा योगदान पुर्याउँदै पर्यटन विकासमा समेत टेवा दिने उदेश्यले मन्दीर निर्माण गरिएको आर्थिक संकलन समितिका संयोजक तिलकराम भट्टराईको भनाई छ ।
मन्दीर निर्माण संगै धनचौर धार्मिक पर्यटन विकासमा नयाँ उचाईमा पुग्ने र संस्कृति संरक्षणमा टेवा पुग्ने अर्का स्थानिय डिलाराम पाण्डेले बताउनु भएको छ ।