अर्घाखाँची: सुपादेउराली मन्दिर व्यवस्थापनमा पारदर्शिता र समावेशिता जरुरी

सुपादेउराली मन्दिर व्यवस्थापनमा पारदर्शिता र समावेशिता जरुरी

 

अर्घाखाँची – अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरको १३औँ साधारणसभा हालै सम्पन्न भएको छ।

Refreshment and Enjoy time - Review of Narpani Supa Deurali Resort, Sandhikharka, Nepal - Tripadvisor

उक्त सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सांसद रामजी घिमिरे, जिल्ला समन्वय प्रमुख जीवनारायण कोईराला, जिल्ला प्रमुख अधिकारीलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। सभामा मन्दिर संरक्षण समितिको वार्षिक प्रतिवेदनमाथि प्रमुख जिल्ला अधिकारीले गम्भीर प्रश्न उठाएका छन्।

लाखौँ-करोडौँ खर्च भए पनि खर्च विवरण स्पष्ट नरहेको भन्दै उनले समितिको पारदर्शिता र व्यवस्थापन क्षमतामाथि आशंका व्यक्त गरे। मन्दिरको दायरा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत विस्तार भइसकेको अवस्थामा समेत प्रभावकारी व्यवस्थापन नहुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी उनले गरे। त्यसैगरी, मन्दिरको साधारण सदस्यता वितरणसम्बन्धी विद्यमान नीतिप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ।

सुपादेउराली मन्दिरको प्रभाव क्षेत्र व्यापक रहे पनि हाल साबिक खाँचिकोट (हाल सन्धिखर्क-७) र साबिक सितगंगा-२ भित्रमात्रै साधारण सदस्य सीमित छन्। यसले यसै क्षेत्रका अन्य भागलाई उपेक्षा गरेको देखिन्छ, जसलाई सुधार्ने आवश्यक छ।

Supa Deurali Temple - RP Adventures

मन्दिरको प्रभाव र दायरा विस्तार भइरहँदा पुरानै वडाको सिमानाभित्र सदस्यता सीमित गर्नु उचित छैन। यस विषयमा सम्बन्धित निकायले गम्भीर ध्यान दिन जरुरी छ। अब बन्ने नयाँ समितिले यी प्रश्नहरूलाई गम्भीर रूपमा लिनु आवश्यक छ।

पारदर्शिता कायम गर्दै दक्ष व्यवस्थापकको व्यवस्था, स्पष्ट लेखा प्रणाली, अनि सबैको सहभागिता सुनिश्चित गर्ने दिशामा पहल गर्नुपर्छ। मन्दिरको महत्त्व बढ्दै गएको छ, त्यसैले यसको संरक्षण, सेवा व्यवस्थापन, र दर्शनार्थीप्रति उचित व्यवहारलाई उच्च प्राथमिकता दिनु अपरिहार्य छ।

समितिमा स्वच्छ छवि, इमानदारिता, र व्यवस्थापन क्षमतासहितका व्यक्तिहरू चयन गर्नु नै सुपादेउरालीको प्रतिष्ठा अभिवृद्धि गर्ने प्रमुख आधार हुनेछ।