-टेकराज भुसाल, भूमिकास्थान
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
भूमिकास्थान नगरपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा स्थानीय ५ सय ४ जनाको आँखा निःशुल्क परिक्षण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र भूमिकास्थान-२ का इन्चार्ज श्यामलाल चुदालीले जानकारी दिनुभएको छ ।
भूमिकास्थानको वडा नम्बर १ मा रहेको ढाकावाङ्ग स्वास्थ्य चाैकीमा आयोजित शिविरमा आँखा परीक्षण गराउने मध्ये ११ वर्षीय बालिकासहित ६० जनामा मोतियाविन्दु
देखिएकोमा ३४ जनाको माेतियाबिन्दुकाे अप्रेसन गर्नुपर्ने भएको र उनीहरूको फागुन २५ गते नगरस्तरिय आधारभुत अस्पताल चिदिचौरमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको चुदालीले बताउनु भयो।
भूमिकास्थान नगरपालिकाको आयोजना र आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोगमा गत फागुन १७ गते वार्ड नम्बर ९ काे ढिकुरामा नि:शुल्क आँखा शिविर
सम्पन्न गरिएको र २५ गते वार्ड नम्बर ७ काे चिदिचाैरमा रणअम्बिका शाह आँखा अस्पताल भैरहवाको समेत समन्वयमा मोतियाविन्दु देखिएकाहरुलाई निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख झविलाल थापाले बताउनुभएको छ ।
नगरप्रमुख थापाका अनुसार शिविरमा उपस्थित बिरामीहरुलाई नि:शुल्क रुपमा चस्मा र औंषधी समेत वितरण गरिएको थियो।
थप तस्बिर: