अर्घाखाँची: मालारानी ५ श्री शान्ति माविमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

 

-जय बहादुर रोकाय, अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-५ अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 11 people and text

कक्षा ९ मा प्राविधिक धार तथा साधारण धार तर्फ अध्यनरत विद्यार्थीहरुको सयुक्त आयोजनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 12 people, people studying and text

कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ मान बहादुर पाण्डेले कार्यक्रम आयोजना गरेरको कक्षा ९ का विद्यार्थीहरुलाई धन्यवाद दिदै कक्षा १० का विद्यार्थीहरुलाई अग्रिम बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो भने उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुले विद्यालयलाई मायाको चिनो प्रदान गरेकोमा त्यो कार्यले विद्यार्थी र बिद्यालयको सम्बन्ध सधै प्रगाढ हुने र आगामी दिनमा विद्यालय पूर्ण सहयोग रहने बताउनु भएको थियो।

May be an image of 12 people, people studying and text

यसैगरी कार्यक्रममा वि.व्य.स. अध्यक्ष चन्द्र बहादुर खड्का, सदस्य डाल बहादुर चौहान, तुलसा कुवर, मालारानी -५ का वडा सदस्य हुम बहादुर महत, हेपो इन्चार्ज जयलाल पन्थी लगायलतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

May be an image of 4 people and text

उक्त कार्यक्रममा कक्षा-९ कि छात्रा महिमा आचार्यले स्वागत मन्तब्य , कक्षा ९ कि छात्र वर्षा अर्यालले बधाई तथा शुभकामना मन्तव्य र कक्षा १० कि छात्र प्रशंसा पन्थीले धन्यवाद मन्तव्य राखेका थिए भने कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो वितरण गर्नुका साथै कक्षा १० का विद्यार्थीहरुले विद्यालयलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

May be an image of 12 people, people studying and text

विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम गरी बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई फुलमाला तथा अविर लागई आउदै गरेको कक्षा १० को आउदै गरेको एस.इ.इ. परीक्षा र उज्ज्वल भविष्यको कामना प्रदान गरिएको थियो ।

May be an image of 3 people, people studying and text that says "ች खाने"

कार्यक्रममा विद्यालयका प्र.अ मान बहादुर पान्डे, सहायक प्रधानाध्यापकहरु माधव प्रसाद पन्थी, तारा प्रसाद भुसाल , प्राविधिक धार तर्फका इन्जिनियर सयोजक जीवन खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु तथा विभिन्न समाजसेवी/ शिक्षाप्रेमी लगायत सम्पूर्ण शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता तथा उपस्तिथि रहेको थियो ।

May be an image of 12 people, people studying and text

कार्यक्रम विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता, विद्यालयका सहायक प्रधानाध्यापक द्वय माधव प्रसाद पन्थी, तारा प्रसाद भुसाल, प्राविधिक धार संयोजक इन्जिनियर जीवन खनाल, वि.व्य.स. सदस्यहरु तोरण बहादुर थापा, डाल बहादुर चौहान, तुलसा कुवर, पदमा वि.क, मालारानी गाउँपालिका-५ का सदस्य हुम बहादुर महत, हेपो इन्चार्ज जयलाल पन्थी लगाएको आतिथ्यता र कक्षा ९ अध्ययनरत विद्यार्थीहरु कृष्टिना भुसाल र अमृत भुसालको संचालनमा सम्पन्न भएको विद्यालयका प्राविधिक धार तर्फका सव इन्जिनियर जय बहादुर रोकायले जानकारी दिनु भयो ।

थप तस्बिर:

May be an image of 13 people, people studying and text

May be an image of 8 people and people studying

May be an image of 5 people and people studying

May be an image of 12 people and text

May be an image of 4 people and text

May be an image of 10 people and text

May be an image of 4 people and text

May be an image of temple and text that says "Skanti Secondar SNG ပ် Bangi, S KaжHe शानित माघ्यमिक विहाल्य श्री मालारानी गाउँपालिका-् बाँगी, अर्घाखांची एस.ई.ई. परीक्षा ನಂದ9ಿ मा सहभागी हुने विद्ार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम २०८৭ फागुन, શશ गते ....... 導 आयोजक: कक्षा-९ का समपूर्ण विद्यार्थीहरू साधारण तथा प्राबिधिकधार"

May be an image of 11 people and text

अन्य समाचारहरु