धर्मेन्द्र कुमार कुर्मी (चौधरी)
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको श्री त्रिनेत्र माध्यमिक विद्यालय मधुनगर ७ मा अध्ययनरत कक्षा १० का विद्यार्थीलाई ‘कक्षा ९ द्वारा फेरि भेटौँ’ कार्यक्रम मार्फत बिदाई गरिएको छ । आगामी एसईई परीक्षा दिन गइरहेका विद्यार्थीहरूलाई विद्यालय प्रशासन, शिक्षक, विद्यार्थीहरु तथा अभिभावकहरूले शुभकामना दिएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार कुर्मीले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै
विद्यालयका प्रधानाध्यापक बालाजी कुर्मीले र विजयनगर ७ को वॉर्ड अध्यक्ष दिनेश कुमार चौधरीले पनि परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भएको बताउँदै धैर्य र लगनशीलताका साथ परीक्षा दिन आग्रह गरे ।
बिदाई कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका सम्झनाहरू बाँड्दै आफूहरूलाई विद्यालय परिवारको सदैव सम्झना रहने बताए ।विद्यालयले परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूको सफलताका लागि शुभेच्छा व्यक्त गरेको छ।