भूमिकास्थान-२ काे आयोजनामा मनाइयो ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस (तस्बिर सहित)

 

टेकराज भुसाल , भूमिकास्थान ।

अर्घाखाँची । ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाका वार्ड नम्बर २ ढाकावाङ्गमा विविध कार्यक्रम गरी मनाइएको छ । साे कार्यक्रममा बाेल्ने वक्ताहरूले महिला अधिकार सुनिश्चत गर्ने प्रतिवद्धता जनाएका छन् ।

May be an image of 10 people, people smiling, temple and text that says "*FOR WOMEN ANO DEMFONERNET" ਭਕਵ|्रग E DCELS RKHT, র্াসুষ संचे महिला तेवा बासिकाको लागि: अधिकार, रामाजता ससत्तीकर रण" 994 औ अन्तराष्ट्रिय महिला दिवस मिति: श0८प फाप्यूण: मते तयनुमर 5, 상식의 आययोजक: भमिकास्थान स्थान नगरपालिका 2 न. वडा कार्यालय हाकावाल अर्धखाधी"

भूूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले महिलामाथि हुने हिंसा दुव्र्यवहार नियन्त्रण र महिलाहरूको अधिकार सुनिश्चत गर्नको लागि भूमिकास्थान नगरपालिका प्रतिबद्ध भएको बताउदै राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न नहुने बताउनुभयाे।

May be an image of 9 people and text

वडाध्यक्ष थापाले महिलाहरूको सबैखाले अधिकार तथा संविधानले प्रत्याभुत गरेको अधिकार प्राप्तिको लागि महिलाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयाे ।

May be an image of 13 people

भूूमिकास्थान युवा संजालका संयाेजक टेकराज भुसालले महिलाहरू सक्रिय नभएकै कारण घर, परिवार, समाजदेखि राष्ट्रिय स्तर सम्म विभेद खेप्नुपरेको वर्तमान अवस्थालाई औँल्याउँदै आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरू आफै एकजुट हुनुपर्ने बताउनुभयाे।

May be an image of 6 people and text

उहाँले पछिल्लो समयमा राज्यले अबलम्बन गरेको नीतिले महिलालाई माग र आवश्यकता अनुरूप अधिकार प्रत्यायोजन गरेको कुरा प्रष्टाउँदै उक्त अधिकार प्राप्तिका लागि महिलाहरू आफै मुलधारमा आउन आग्रह समेत गर्नुभएको थियो।

May be an image of 5 people

कार्यक्रममा कार्यपालिका सदस्य तिर्था बेलवासे, ढाकावाङ्ग प्रहरी चाैकी इन्चार्ज मानबहादुर थापाले बाेल्दै महिलाहरूलाई आर्थिक, समाजिक र सांस्कृतिक अधिकारबाट पुर्णरूपमा सुसम्पन्न नगराएसम्म महिलाहरूको अधिकार सुनिश्चित गर्न नसकिने उल्लेख गर्नुभएको थियो।

May be an image of 8 people and text

कार्यपालिका सदस्य केशरा परियारकाे अध्यक्षता, वडा सदस्य नारायणप्रसाद खनालकाे संचालनमा सम्पन्न भएको कार्यक्रममा उपस्थित महिलाहरु बीच घैटाे फाेर प्रतियोगिता गरिएको थियो।

May be an image of 9 people, people skeet shooting and text

उक्त घैटाे फाेर प्रतियोगितामा ४७ जना सहभागी मध्ये १२ जनाले खेल जितेका थिए। बिजेताहरुलाई वडाध्यक्ष बुद्धि बहादुर थापाले नगद पुरस्कारले सम्मान गर्नुभएको थियो।

थप तस्बिर:

May be an image of 9 people and text

May be an image of 7 people

May be an image of 10 people and text

May be an image of 9 people and text

May be an image of 7 people and text