१५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ अर्घाखाँचीमा मनाईयाे। (तस्बिर सहित)

 

-हिम लेकाली , सन्धिखर्क, अर्घाखाँची।

फागुन २४ ,सन्धिखर्क – १५ औं अन्तर्राष्ट्रिय महिला दिवस ( 8 March 2025 ) ” सबै महिला तथा बालिकाकाेलागि अधिकार ,समानता र सशक्तीकरण ” भन्ने मुल नाराका साथ सन्धिखर्कमा मनाईएकाे छ ।

May be an image of 11 people, dais and text

दिवसकाे अवसरमा सन्धिखर्क नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक शाखाकाे आयाेजनामा लाेक गीत तथा नृत्य प्रतियोगिता शनिबार सन्धिखर्क सभाहलमा सम्पन्न भएको छ ।

May be an image of 6 people and text

नगरपालिका उप प्रमुख मिश्रा आचार्यकाे अध्यक्षतामामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीव नारायण काेईरालाले शुभकामना मन्तव्य राख्दै हामी सबै दिन दुखि महिला दिदिबहिनिहरूकाे सहयाेग र सेवामा जुट्न सके र उनिहरूकाे दयनिय अवस्था फेर्न सकेमा मात्र नारी दिवस मनाएकाे सार्थकता हुने बताउनु भयाे ।

उहाँले सबै नेपाली संस्कृति र जीवनमा पश्चिमा संस्कृति मिसिदै जाँदा हाम्रो संस्कृति बिकृत र लाेप हुँदै जाने स्थिति बन्दै गएकाेले सम्पूर्ण दिदी बहिनिहरूलाई नेपाली पहिरन संस्कृति कलाकाे संरक्षणमा लाग्न आग्रह गर्नु भयाे ।

May be an image of 4 people, people studying, clarinet, speaker, flute, dais and text

कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख लक्ष्मी ज्ञवालीले विकास भनेकाे बाटाे घाटाे कुलाे कुलेसाे निर्माण गर्नु मात्रै नभएकाे बताउँदै भाषा ,कला , साहित्य संस्कृति पनि विकासका सूचक भएकाले यिनकाे विकास बिना देशकाे समुन्नत विकास हुन नसक्ने बताउँदै सबैले यस क्षेत्रमा याेजनाका साथ लाग्नु पर्ने बताउँनु भयाे ।

May be an image of 4 people and dais

सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले कर्मशिल , पाैरखि महिलाहरूलाई अहिले थुप्रै अवसर भएकोले आफूहरूले नगरपालिकाकाे तर्फबाट महिला सशक्तीकरण र आय आर्जनकाे बिषयमा थुप्रै तालिम ,प्रशिक्षण र अनुदान प्रदान गरेकाे बताउनु भयाे ।

May be an image of 10 people and text

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल , सन्धिखर्क नगरपालिका १ नं.वडा अध्यक्ष माधव श्रेष्ठ , नेपाल पत्रकार महासंघ अध्यक्ष गणेश खनाल , अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष दिपा आचार्य , नेपाल महिला संघ सचिव छमा कार्कि , अखिल नेपाल महिला संघ जिल्ला सचिव कल्पना पाेख्रेल , अखिल नेपाल महिला संघ समाजवादी पुष्पा भाट , अन्तर पार्टी महिला सन्जाल अध्यक्ष चन्द्रा गैरे , ब्रह्म कुमारि ईश्वरीय विश्व विद्यालयकि प्रमुख पूर्णिमा लगायतले दिवसकाे उपलक्ष्यमा शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

May be an image of 11 people, flute, violin and dais

लाेकगीत तथा नृत्य प्रतियोगितामा महिला समूह बाट ५ टिम काे सहभागीता रहेकाे थियाे ।उनिहरूले महिला तथा बालबालिकाकाेलागि अधिकार समानता र सशक्तीकरण बिषयमा गीत र नृत्य प्रस्तुत गरेका थिए । साे प्रतियाेगितामा सुपा देउराली महिला विकास कृषि सहकारी संस्था लि. सन्धिखर्क नगरपालिका ७ खाँचीकाेट प्रथम भई प्रमाणपत्र सहित नगद पुरस्कार रू १० हजार प्राप्त गरे ।

May be an image of 13 people, flute and violin

मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था सनपा १० द्वितीय स्थान प्राप्त गरि रू .८ हजार र प्रमाणपत्र प्राप्त गरे । त्यसै गरि साना किसान कृषि सहकारी संस्था लि. सनपा ८ ले तृतीय स्थान प्राप्त गरि नगद रू ६ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

May be an image of 11 people, dais and text

अखिल नेपाल महिला संघ समाजवादी समूह र मानव अधिकारकालागि एकल महिला सन्जाल अर्घाखाँची दुबै समुहले ले ४ हजार नगद पुरस्कार प्रमाण पत्र सहित सान्त्वना स्थान प्राप्त गरेका छन् ।

May be an image of 6 people, dais and text

बिजेता सबैलाई सन्धिखर्क नगर उप प्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रमाण पत्र र पुरस्कार प्रदानगर्नु भएकाे थियाे । साे कार्यकाे मुल्यांकनमा सन्धिखर्क नगरपालिका शाखा अधिकृत मञ्जु खनाल , साहित्यकार तथा सांस्कृतिक कर्मि राधा आचार्य , हिम लेकाली ले गर्नु भएको थियाे ।
त्यसै गरि बाद्यवादनमा राष्ट्रिय जन सांस्कृतिक महासंघका कलाकार राजेन्द्र जि .सि र बलबहादुर रायमाझी ले सघाउनु भएकाे थियाे ।

No photo description available.

कार्यक्रम मा सन्धिखर्क नगरपालिका १० र १२ का महिला पन्चेबाजा समुहले नृत्य र गित प्रस्तुत गरि कार्यक्रमलाई थप राैनकता प्रदान गरेका थिए ।यसै गरि विभिन्न स्रष्टाहरूले कार्यक्रममा गीत, कविता पनि प्रस्तुत गरेका थिए ।

May be an image of 1 person and studying

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू ,पत्रकार , नगरपालिकाका कर्मचारीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारि परियारकाे स्वागत र सन्धिखर्क नगरपालीका १ नं.बडा सचिव पुष्पा भुसालकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको हाे ।