-टेकराज भुसाल, सन्धिखर्क अर्घाखाँची।
सन्धिखर्क। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले संचालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
स्वरोजगार सिर्जना गर्ने, बसाइसराई नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरि भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशिल कार्यक्रम ल्याएको भूमिकास्थान नगरपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलकाे पात र मकैको पाेस्करबाट निर्माण हुने हस्तकला सामाग्रीलाई व्यवसायिक रुपमै अगाडि बढाएकाे छ ।
गत आर्थिक वर्षमा १ सय बढि कर्मशिल महिला उद्यमी तयार गरि मकैको पोष्कर र थाकलबाट टोपी र झोला निर्माण गरेेकाे पालिकाले यस वर्ष ५ सय बढिलाई राेजगारी दिने लक्ष्य राखेको नगरप्रमुख झविलाल थापाले बताउनुभयो।
नगरप्रमुख थापाले हाइब्रिड जातको मकैकाे पाेष्करबाट टाेपी, झाेला निर्माण नहुने भएकोले नगरपालिकाले बाँझो जग्गामा कर्मशिल राेजगार कार्यक्रम मार्फत मकैकाे बीउ उत्पादन गरेर नगरपालिका मकैकाे बीउमा आत्मनिर्भर बनेको समेत थापाले बताउनुभयो।
नगर उपप्रमुख बालाकृष्ण बन्जाडेले मकैको पोष्कर र थाकलबाट निर्माण गरिएका टोपी र झोलामा बजारीकरणकाे कुनै समस्या नरहेको दाबी गर्नुभएको छ।
ओम राजश्री मल्टि एग्रो प्रा.लि. काठमाडौंले गत आर्थिक वर्षमा तालिम लिएका मध्य निरन्तर सामान निर्माण गर्ने भूमिकास्थान-३ कि लीला बिकलाई नगद रु. ३० हजार सहित प्रमाणपत्रले सम्मान गरेको छ।
थप तस्बिर: