-अनिल नेपाली ,सन्धिखर्क अर्घाखाँची ।
चुत्राबेसी ,अर्घाखाँची । चुत्राबेसीअर्घाखाँची जिल्लामा पछिल्लो समय बिशेषज्ञ सेवा सहित विशेषज्ञ चिकित्सकद्वारा अत्याधुनिक उपकरणद्वारा बिरामीको उपचार हुने भएपछि जिल्ला बासिमा खुसियाली छाएकाे छ ।
पछिल्लो समयमा मानिसहरूमा खानपान असभ्य जिवनशैलीका कारणले सर्ने राेगभन्दा नसर्ने राेगले मान्छे ग्रशीत भएको पाईन्छ कुनै उमेर समूह नभनि थाइराइड ,सुगर, ,प्रेसर, छाती ,मुटु राेगबाट ग्रशीत भई सामान्य उपचारकाे लागि बिरामीहरू बुटवल काठमाडौं जानुपर्ने समस्या अर्घाखाँचीमा विगत लामाे समयदेखि रहि आएको थियो ।
त्यस्ता बिरामीको उपचार बिशेषज्ञ चिकित्सक सहित अर्घाखाँची जिल्लाकाे अर्घाखाँची अस्पतालमा प्रा लि मा हुने भएपछि जिल्ला बासिमा खुसियाली छाएको छ।
बिगत १ बर्ष अगाडि देखि अर्घाखाँची जिल्लामा सेवा प्रारम्म गरि बिरामीको उपचार गदै आउनु भएका डाक्टर पबन कटुवालले साेही सेवा उपलब्ध गराएपछि जिल्ला बासीमा खुसियाली छाएको हाे ।
आर्थिक अबस्था कमजोर र जनचेतनाका कारणले जिल्लाका बिरामी अन्यत्र गएपनि अब उक्त सेवा अर्घाखाँची जिल्लामा हुने बताउदै उक्त सेवा लिन जिल्ला बासीलाई आग्रह गदै डाक्टर कटुवालले गुणस्तरीय र सर्वसुलभ सेवा अर्घाखाँची अस्पताल प्रा लि मा उपलब्ध गराउदै आउनु भएको छ।