काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले फागुन २५ मा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भन्दै गणतन्त्र पक्षधर नेतारुहलाई कडा चुनौती दिएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएमा गणतन्त्र पक्षधर नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने दाबी गरेकी हुन् ।
‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला । मित्र यो त ट्रायल मात्रै हो । हिले लुक्ने ठाउँ खोज्न सुझाव दिँदै उनले भनिन्,अरु जिल्लाका मान्छे थपिए, अर ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला । लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला ।’
वर्तमान सरकारको नालायकीका कारण २५ गतेको भिड जन्मिएको उनले टिप्पणी गरिन् । ‘सबै नागरिकको अधिकार छ, नागरिकले आफ्ना कुरा राख्न पाउँछन् । २५ गतेको जुन भिड थियो, यो नालायक सरकारले जन्माएको भिड हो । तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ,’ उनले भनिन् ।