-टेकराज भुसाल
चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)काे निर्वाचन गर्ने तयारीमा छ। साेहि अनुरुप त्रिविका अधिकांश क्याम्पसहरुमा निर्वाचन हुँदै छ।
कपिलवस्तुकाे वाणगंगा बहुमुखी क्याम्पसमा पनि चैत ५ गते निर्वाचन हुदै छ। उक्त क्याम्पसमा विभिन्न दल निकट विद्यार्थी संगठनसँगै स्वतन्त्र विद्यार्थीहरु पनि निर्वाचनमा भाग लिएर चर्चामा आइरहेका छन्।
कुनै दल निकट नभई स्वतन्त्र रुपले वाणगंगा क्याम्पसकाे स्ववियु सभापतिमा विशाल बिसी , सचिवमा मन्जित बेल्बासे र कोषाध्यक्षमा लक्ष्मण आचार्यले आफ्नो उम्मेदवारी दिएका छन्।
विगतलाई हेर्दैगर्दा बिद्यार्थी नेता तथा संगठनले गाउदै आएको बिद्यार्थीको हकहित, बिद्यार्थी आन्दोलनको भजनबाट नया पुस्ताको बिद्यार्थीहरु आजित भएको अनुभव गर्न सकिन्छ।
स्ववियु केवल निर्वाचन मात्र नभएर विद्यार्थीहरुको सशक्तीकरण , नेतृत्व उत्पादन र लोकतान्त्रिक अभ्यासको मेरुदण्ड हो। विद्यार्थीको समस्या, माग र सरोकारलाइ क्याम्पस प्रशासन समक्ष पुर्याइ समधान गर्नमा स्ववियुकाे महत्त्वपूर्ण भुमिका देखिन्छ।
क्याम्पस प्रशासनको कार्यलाइ निगरानिमा राखी प्रशासनलाइ पार्दर्शिता र जबाफदेहि बनाउन, शैक्षिक गुणस्तर, शुल्क, छात्रबृती, पुस्तकालय संचालन जस्ता बिषयमा स्ववियुकाे भुमिका हुने हुदा ती कुराहरु प्राप्त गर्नका निम्ति दल निकट नभई स्वतन्त्र रुपले उम्मेदवारहरु मात्रै गर्न सक्ने भन्दै उम्मेदवार दिएको स्वतन्त्रका उम्मेदवारहरु बताउदै आएका छन्।