बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै समाजवादी मोर्चा

 

काठमाडौँ – समाजवादी मोर्चाले विभिन्न क्षेत्रका बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । आज बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

यस अघि शुक्रबार बसेको बैठकले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने निर्णय गरेको थियो ।

नेता विश्वकर्माले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको बताए ।

-NP