गाउँमा पुग्दै नेकपा एमाले, एमालेमा सक्रियता बढ्दै

 

-धर्मेन्द्र कुमार कुर्मी , विजयनगर ।

कपिलवस्तु – नेकपा एमालेले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जाेलाहीमा सपना थारुकाे नेतृत्वमा ११ सदस्य टोली कमिटी गठन गरेकाे छ ।

यसैगरी वडा ६ गुडपानीमा शिव प्रसाद चाईकाे नेतृत्वमा १३ सदस्य टाेली कमिटी गठन गरिएको र खजजहनी डिहवामा राम अजाेर यादवकाे नेतृत्वमा ११ सदस्य टाेली कमिटी गठन गरिएको जनाइएको छ ।

नेकपा एमाले देशैभर जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउँदै अगाडी बढिरहेको क्रममा वडा कमिटीले वडा केन्द्रित अभियानलाई सक्रियता बढाएको छ ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी कमिटी सदस्य गाेपाल बहादुर थापा, जिल्ला सदस्य लाेकेश थापा, गाउँ कमिटी सदस्य प्रेम बहादुर कलवार, तिलक कँडेल, ६ का वडा कमिटी अध्यक्ष तेज प्रसाद पाैडेल, अनेम संघ गाउँ कमिटी अध्यक्ष अमृता खड्का, ४ का वडा कमिटी अध्यक्ष टंक बहादुर सुनार लगायतकाे उपस्थिति थियोे ।