-धर्मेन्द्र कुमार कुर्मी (चौधरी) गडुवजोत।
कपिलवस्तु – जिला कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गाउँपालिकाकाे आयाेजना र सहयोगी हातहरु भैरहवाकाे प्राविधिक सहयोगमा कुकुर बन्ध्याकरणकाे शिविर सञ्चालन गरिएको पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए । उनले ७० कुकुरकाे बन्ध्याकरण गरिएको बताए । जसमा ३० मेल र ४० फिमेल कुकुरको बन्ध्याकरण गरिएको उनले जनाए ।
विजयनगर गाउँपालिकाले समुदायमा छाडा कुकुरका कारण रेबिज जस्तो विभिन्न राेग लाग्ने, सडक दुर्घटना घट्ने गरेकाे भन्दै त्यसकाे न्यूनीकरणका लागि सामुदायिक कुकुरकाे बन्ध्याकरण गर्न २ दिने शिविर सञ्चालन गरेकाे हाे ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा मगरले छाडा कुकुरका कारण उत्पन्न हुने विभिन्न राेग र समस्याहरुलाई नियन्त्रणमा टेवा पुग्ने बताएका छन् । मानव जीवनलाई सुरक्षित बनाउन कुकुरको बन्ध्याकरणकाे शिविर आयाेजना गरिएको उनले बताए ।
सामुदायिक कुकुरको बढ्दो संख्याले राेेग बढ्ने र दुर्घटनाकाे नियन्त्रणमा सहयोग पुग्ने भन्दै कुकुर व्यवस्थापनमा अभियानकै रुपमा लागेकाे अध्यक्ष थापाले बताए ।
यस्तै ७ का वार्ड अध्यक्ष दिनेश कुमार चाैधरीले बालबालिका लगायत सर्वसाधारणलाई कुकुरले टाेकेकाे घटना बढेकाे बताए । उनले प्रत्येक वर्ष छाडा कुकुरले ८-१० ओटा पशु चाैपायालाई टाेकेकाे घटना पशु सेवा शाखामा आउने गरेकाे बताए ।
विजयनगर गाउँपालिकामा खाेप नहुँदा जनताले सास्ती खेप्नु परेको बताउँदै कुकुर र माेटरसाइकलकाे दुर्घटना बढ्दै गएको उनलेे बताए । यस्ता राेग र दुर्घटना न्यूनीकरणकाे साथै फाेहाेर बढी भएकोले सरसफाईमा समेत टेवा पुग्ने उनलेे बताए ।
पशु चिकित्सकले कुकुर बन्ध्याकरणलाई जाेड दिएकाे बताए । उनलेसामुदायिक कुकुरको संख्या कम गर्ने बताउँदै रेबिज राेग सर्नबाट जाेगाउने बताए । उनले रेबिज राेग, जुका, लुटाे र जेनेटिक राेगहरुलाई कम गर्न मदत गर्ने उनको भनाइ छ ।