आजवाट प्रेस चाैतारीकाे बन्द सत्र सुरू

 

बिराटनगर, १० चैत  । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन हिजाेवाट विराटनगरमा सुरु भएकाे छ ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरू भएकाे महाधिवेशन तीन दिनसम्म चल्ने छ । साेमवारबाट भने बन्द सत्र सुरू हुनेछ ।

केन्द्रीय महाधिवेशनको आइतबार बिहान ११ः०० बजे  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएकाे भए पनि अन्तिम समयमा राेकिन पुगेका छन । उनकाे सट्टा नेकपा एमालेका महासचिव शंकर पाेखरेल बिराटनगर पुगेर महाधिवेसन उदघाटन गरेका थिए ।

आजवाट सुरू भएकाे महाधिवेसनका लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगरमा रहेका छन । महाधिवेशनमा झण्डै १ हजार प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिएका छन् ।

अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोवाट र प्रतिनिधिलाई भने आइतबार र साेमवार लागि आवासको व्यवस्था गरिएको छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा  तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन् ।

चौतारीको भावी अध्यक्षका लागि २ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राइले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अहिलेसम्म नै पाण्डे र राइ बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ। संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन् ।