राप्रपा पदाधिकारीको बैठक सम्पन्न, आन्दोलनको खाका पारित

 

काठमाडौं, ११ चैत । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ गते बस्ने आन्दोलन मूल समितिको बैठकमा पेश हुने कार्यक्रम र कार्ययोजनाको मस्यौदा पारित गरेको छ ।

उनका अनुसार आन्दोलन मूल समितिको बैठक मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्नेछ ।