प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत

 

काठमाडौं, ११ चैत । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् ।

निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको घोषणा गरेका हुन् ।

उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन ।

महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निबर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रिय समितिका अन्य सदस्य पनि सर्बसम्मत भएकाे भन्दै नामावली घाेषणा गरेका छन्  ।