अबैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

 

नयाँदिल्ली, ११ चैत । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ।

भारतीय सर्वोच्च अदालतका अनुसार गत २० र आज २४ मार्चमा बसेको दुइवटा बैठक पछि उनलाइ इलाहावाद पठाउन सिफारिस गरिएको हो ।

दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट जलेको नोटको बन्डल भेटिएको मामिलामा सर्वोच्च अदालतले शुक्रबार राति एउटा भिडियो जारी गरेको थियो। यस भिडियोमा न्यायाधीशको सरकारी निवासमा नोटको बन्डल जलेको देख्न सकिन्छ । न्यायमूर्ति यशवन्त वर्माको सरुवा यस्तो समयमा भएको हो, जब उनको सरकारी बंगलामा आगलागी पछि ठूलो मात्रामा नगद बरामद भएको थियो।

उनको सरकारी निवासमा होलीको दिन आगलागी भए पछि फायर बिग्रेडका कर्मचारीहरूले १५ करोड नगद फेला पारेका थिए, जसको स्रोत अझैसम्म खुल्न सकेको छैन ।

उता, अझ न्यायमूर्ति यशवन्त वर्माको सरकारी निवासबाहिर पनि ५ सय रुपैयाँका नोट जलेको भेटिएको छ । वास्तवमा, न्यायाधीश यशवंत वर्माको आधिकारिक निवास ३० तुघलक रोड, दिल्लीमा छ। आइतबार उनको घरबाहिर ५ सय रुपैयाँको जलेको नोट फेला परेको थियो ।

एनडीएमसीका कर्मचारीहरूले गत आइतबार सरसफाई गर्न आएको बेला केही जलेको कागजको टुक्रा देखेका थिए तर सो कागज उठाउँदा त्यसमा ५ सयको नोटको बन्डल जलेको पाइएको थियो । पुलिस र अनुसन्धान एजेन्सीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्, जसमा जलेको नोट र अन्य सामानहरू पनि रहेका छन्।

यद्यपि, यसअघि सर्वोच्च न्यायालयको कलेजियमको यो निर्णयको इलाहाबाद हाईकोर्ट बार एसोसिएसनले विरोध गरेको थियो। भारतको सर्वोच्च बारले उनको सरूवाको बिरोध गर्दै ‘न्यायधिसहरू फोहोरको टोकरी’ होइनन भन्ने प्रतिक्रिया दिएको थियो । तर, आज थप प्रमाण फेला परे पछि अन्ततः उनी इलाहावाद लखेटिएका छन ।

न्यायाधीश वर्मा अक्टोबर २०२१ देखि दिल्ली उच्च अदालतमा कार्यरत थिए, त्यसअघि उनी अक्टोबर २०१४ मा इलाहाबाद उच्च अदालतमा अतिरिक्त न्यायाधीशको रूपमा कार्यरत थिए । तर, आज भारतको सर्वोच्च अदालतले ‘नोट काण्ड’ पछि इलाहावाद पठाएको हो । उनी माथी थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।