नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ।
विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको छ। अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइनसहितका मुद्राको मूल्य हिजो पनि घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा छ। हिजो युरो १ को खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ १० पैसा थियो।
त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ११ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ११ र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा थियो।
त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५० पैसा छ। कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २३ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर