अर्घाखाँची डटकम सहकर्मी तथा पत्रकार दिपेन्द्र पौडेललाई मातृशोक ।

 

-अर्घाखाँची डटकम संवादाता।

अर्घाखाँची:  अर्घाखाँची डटकमका संवादाता तथा पत्रकार दिपेन्द्र पौडेललाई मातृशोक परेको छ ।

डटकम संवादाता दिपेन्द्र पौडेल , नेपाल ट्रेड युनिन कांग्रेसका जिल्ला उपाध्यक्ष कृश्न पौडेल र सुभास पौडेलकि , आमा प्रेमकला पौडेलको ७७ बर्षको उमेरमा आफ्नै निवास सन्धिखर्क -२ शंखेटारिमा आज चैत्र १३ गते निधन भएको हो ।

दम रोगको संक्रमणमा परेकी स्वर्गीय पौडेलको जिल्ला अस्पताल सन्धिखर्क, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र युनिभर्सल मेडिकल कलेज भैरहवामा लामो समयको उपचार प्रयास पछि डाक्टरहरुको सल्लाह अनुसार आजै आफ्नै निवासमा ल्याइएको र निवासमा नै निधन भएको कृष्ण पौडेलले बताएका हुन ।

स्वर्गीय पौडेलको आजै गच्छे घाटमा अन्तिम संस्कार गरिएको छ । मृतकको शबमा नेपाली कांग्रेस जिल्ला सभापती केशब श्रेष्ठ , काङ्ग्रेस भुमिकास्थान सभापती खडानन्द बेलबासे , काङ्ग्रेस सन्धिखर्क सभापती बाबुराम भुसाल , जनप्रतिनिधि , पत्रकारहरुले गच्छे घाटमा पुगि अन्तिम श्रद्धाञ्जली दिएका थिए ।