साजको रुखमा घाँस काट्दै थिए, लडेर बिते

 

पाल्पा – रुखबाट लडेर पाल्पामा एक जना व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका-७ खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराई छन्।

बुधबार बिहान ८:५० बजे रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

भट्टराई आफ्नै घरदेखि करिब तीन सय मिटर पूर्व बारीमा रहेको साजको रुखमा चढे घाँस काट्दै थिए। अचानक रुखबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको मल्लले बताए।

खबर पाएपछि प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धानपछि  शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाएको छ।