काठमाडौं । राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयता खारेजीको मागसहित भोलि (शुक्रबार) काठमाडौंमा हुन लागेको जनप्रदर्शनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि साथ–समर्थन गर्ने भएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टीपंक्ति र आमजनतालाई अपिल गरेका छन् ।
आज एक विज्ञप्ति निकाल्दै श्रेष्ठले पार्टीका तर्फबाट यस्तो अपिल गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘भोलि चैत १५ गते काठमाडौंको तिनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।’

यसैबीच राप्रपाको नक्कली लेटरप्याड बनाएर प्रवक्ताका नाममा भोलिको आन्दोलन स्थगित हुने भनि भ्रमपूर्ण प्रचार गरिएको श्रेष्ठले बताएका छन् । उनले यस कार्यको भत्र्सना गर्दै भ्रममा नपर्न अनुरोध गरेका छन् । समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन पार्टी प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।