काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयले कर्मचारीहरु राजनीतिक स्वार्थको लागि राष्ट्रसेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढेको बताउनुभएको छ ।
बिहीबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारर्कीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो ।
अध्यक्ष लिङ्देनले आफ्नो कार्यकालको केही समय मात्र बिताउन बाँकी रहेका कुलमानलाई सम्मााजनक विदाई गर्नुपर्ने ठाउँमा उपमानजनक रुपले निस्काषन गरेर सरकारले गलत नजिर स्थापित गरेको बताउनुभयो । उहाँले उत्कृष्ट प्रशासकको छवि बनाएका कर्मचारीलाई हटाउँदा अगामि दिनमा समेत सरकारले स्वार्थअनुकुल कर्मचारीहरु हटाउने र राख्ने कार्य गर्ने उहाँको भनाइ छ । उहाँले कमजोर कर्मचारी प्रशासनलाई ध्वस्त पार्ने काम गरेको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष लिङ्देनले प्रतिपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ मागिरहेको र जवाफ नदिएसम्म संसद चल्न नदिने अडान कायमै रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले सदनमा जवाफ दिनुको सट्टा संसद बाहिर प्रतिपक्षी दलहरुलाई अपमानित गर्नेगरी दिएको जवाफ खेदजनक रहेको समेत बताउनुभयो ।
– IMAGE