अर्घाखाँची : राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न । (तस्बिर सहित)

 

-मुक्तिनाथ भुसाल , अर्घाखाँची।

अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आज राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ ।

May be an image of 11 people, people studying, table and text

बैठकमा समितिका अध्यक्ष तथा प्रजिअ बावुराम अर्यालले व्यवसायीहरुलाई कसरी करको दायरामा ल्याउने, बजार अनुगमनको अवस्था, स्थानिय साधन स्रोतको उपयोग र विकास निर्माणको ठेक्का लगाउँदा स्थानिय साधन स्रोतको प्रयोग लगायतका एजेन्डाहरु छलफलमा ल्याउनु भएको थियो ।

May be an image of 1 person and studying

जिल्लास्थीत स्थानिय निकायका राजश्व प्रमुख तथा प्रतिनिधीहरुले आ आफना पालिकाको राजश्व अवस्था र समस्याहरु जानकारी गराउनुका साथै उधोग अधिकृत दुर्गा नयौपानेले व्यवसायीहरुका लागि राज्यले पछिल्लो समयमा लिएको निति र केही व्यवसायीक फर्महरु समयमा नविकरण हुन नसक्दा लक्ष्यअनुसारको राजश्व हासिल गर्न कठिनाई भएको बताउनु भएको थियो ।

May be an image of 2 people and people smiling

यसैप्रकार कर अधिकृत स्वागत थापाले कर शिक्षालाई व्यापक रुपमा जनचेतना फैलाउन आवस्यक रहेको भन्दै समान खरिद गर्दा विजक लिने र दिने पद्धतीको विकाश प्रत्येक घरवाट शुरु भएमा राजश्व चुहावटमा केहीहसम्म न्यूनिकरण हुने बुझिएको थियो ।

इश्वरी बक्स गुल्मका सेनानी प्रविण जंग थापा, प्रमुख अनुसन्धान अधिकृत इश्वरी आचार्य, प्रहरी निरिक्षक विष्नु प्रसाद पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं.३६ का सहयाक प्रहरी निरिक्षक सन्तोष थापा, बरिष्ट बन अधिकृत गणेश चौधरी, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र खडका, चेम्वर अफ कमर्शका अध्यक्ष रामकुमार क्षेष्ठ लगायतको उपस्थीती रहेको सो बैठकलाई प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद भुसालले सहजीकरण गर्नुभएको थियो ।

राजश्व असुली र सुशासन प्रर्बद्धनमा टेवा दिने उद्धेश्यले पछिल्लो समयमा प्रजिअ बावुराम अर्यालको सक्रियतामा राजश्व चुहावट नियन्त्रण समिति जिल्लामा गठन भएको हो । यो समितिले प्रत्येक दुई महिनाको फरकमा बैठक बसी आवस्यक्ता अनुसारको निर्णय लिई कार्यान्वयन गर्दै आईरहेको छ ।

May be an image of ticket stub, blueprint and text

 

अन्य समाचारहरु