अर्घाखाँची: भुमिकास्थानका दुई युवाको पौडी खेल्ने क्रममा ज्यान गयो ।

 

अर्घाखाँची,चैत १६ । अर्घाखाँचीको भुमिकास्थानका दुई युवाको पौडी खेल्ने क्रममा ज्यान गएको छ ।

भुमिकास्थान–१०, धनचौरको देउराली नेटाका जुद्धबहादुर नेपालीका १९ वर्षिय छोरा दिलिप नेपाली र सोही ठाउँका मेघबहादुर नेपालीका १७ वर्षिय छोरा अशोक नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

वडा नम्बर–१० मै पर्ने झिमरुक खोलामा साथीहरु मिलेर पौडी खेल्न गएका ६ जना मध्ये दुई जनाले ज्यान गुमाएका हुन् । पौडी खेल्न रहमा गएका दुई युवा धेरैबेर पानी बाहिर नआएपछी संगै गएका साथीहरुले आफन्तलाई खबर गरेका थिए ।

आफन्त र धनचौर प्रहरीको खोज तलासपछी अचेत भेटिएका दुवै जनालाई उपचारका लागी अर्घाखाँची अस्पतालमा ल्याईएपनि अस्पतालले उनिहरुलाई मृत घोंषणा गरेको छ।