अखिल (छैठौं) द्वारा राष्ट्रिय जनमोर्चाको आन्दोलनलाई समर्थन

 

काठमाडौँ – अखिल (छैठौं) ले राष्ट्रिय जनमोर्चाद्वारा चैत २४ देखि ३० गतेसम्म आयोजना गरिने काठमाडौँकेन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विशेष अभियान सञ्चालन गर्ने भएको छ।

यसै सन्दर्भमा, संगठनले चैत २० गते साँझ ८ बजे सबै सङ्घीयता विरोधी समर्थकहरूलाई फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरी आन्दोलनको आधिकारिक लोगो राख्न आग्रह गरेको छ। अध्यक्ष सुवाश जिसीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा अभियानको उद्देश्य प्रचारप्रसारलाई सशक्त बनाउने रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यो केवल साधारण कुरा नभई ऐक्यबद्धता र प्रचारप्रसारको महत्त्वपूर्ण अभियान भएकाले सबैलाई सहभागी हुन अनुरोध गर्दछौं।” यस अभियानमा सहभागी भई आन्दोलनको सन्देश व्यापक रूपमा फैलाउन आग्रह गरिएको छ।