काठमाडौं । काठमाडौँको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको विदेशी मुद्राको मालिकको पहिचान भएको छ ।
प्रहरीका अुनसार उक्त व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल रहेको खुलेको छ । प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानले शंका गरिएका व्यक्ति पत्ता लगाएका हुन् ।
चैत ६ गते २५ करोड रुपैयाँ भन्दा बढी रकमसहित ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ ।
चालक लामाको बैंक खाताको विवरण हेर्दा अस्वभाविक कारोबार देखिएको विभागले जनाएको छ । जसको सीडीआर विश्लेषणबाट पौडेलको मोबाइलमा अन्तिम पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।