रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश

 

काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने आदेश गरेको हो ।

Nepal elections 2022: Rabi Lamichhane draws the attention of all over  ballot paper misappropriation « Nepal Live Today

बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको केही समय पछि सो आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गएका थिए ।