भारतीय एम्बुलेन्स : बिरामीलाई प्रयोग गरी एम्बुलेन्सबाट लागू औषध तस्करी

 

काठमाडौँ । प्रहरीले भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागू औषध बरामद गरेको छ ।

Nepal life insurance

चैत्र २३ गते बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा रहेको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौंतर्फ आइरहेको भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागू औषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरिएको उनले जानकारी गराए ।

पक्राउ पर्नेमा सबै भारतीय नागरिक रहेका छन् । भारतीय एम्बुलेन्समा एक बालक र एक बालिका समेत रहेका थिए । बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको देखिएको प्रहरीले जनाएको छ ।

Nepal life insurance