अनुगमनका क्रममा पसलमा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरुको नष्ट गरिएको छ । पसल दर्ता, नविकरण, मुल्यसुचि, बस्तुको उपभोग्य मिति, लेभलिङ, सरसफाइ लगायतका सुचकमाथि अनुगमन गरिएको थियो । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले अनुगमन कार्यलाई निरन्तरता दिइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभएको छ ।
अनुगमन टोलीले व्यवसायीहरुलाई सचेत गराउँदै म्याद गुज्रिएका अखाद्य बस्तुहरुको किनबेच नगर्न आग्रह गरेको उहाँले बताउनुभयो । जिल्लाका बिभिन्न ठाउँमा आवश्यकता अनुसार नियमित छड्के अनुगमन गर्दै आएको कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।
सदरमुकामको बजार मात्र केन्द्रित नभई ग्रामीण भेगका बजारमा पनि अनुगमनलाई प्राथमिकता दिएको र अनुगमन पछि व्यवसायीहरु सचेत भएको उहाँको भनाई छ ।
मानवीय स्वास्थ्यमा हानी पुग्ने खालका अखाद्य र म्याद गुज्रिएको सामान बिक्री गरेको भेटिएमा व्यवसायीलाई कानुन अनुसार कारबाही हुने कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो ।
अनुगमन टोली पसल–पसल चेक गर्न आएकोमा सचेत र सावधान भएको भन्दै आगामी दिनमा म्याद सकिएका तथा अखाद्य बस्तु बिक्री नगर्ने र दर्ता नभएका पसल दर्ता गरिने व्यवसायीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय प्रमुख न्यौपाने सहित अरुण कुमार आचार्य, जिल्ला प्रशासन अर्घाखाँचीका नासु रविन ज्ञवाली, खरीदार कृष्ण ज्ञवाली, अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष दिल बहादुर वली (साजन), चेम्बर अफ कमर्श अर्घाखाँचीका बरिष्ठ उपाध्यक्ष रामकुमार श्रेष्ठ, पत्रकार गोपाल प्रसाद भट्टराई, प्रहरी सहायक निरिक्षक संगित परियार, , जिल्ला प्रशासनका दिपक खनाल, घरेलुका हुम बहादुर वि.क., सन्तोष पोख्रेल लगायतको टोलिले बजार अनुगमन गरेको हो ।