खुल्ला वडास्तरिय भलिबलको उपाधि मालारानी–८ हंशपुरलाई (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।

अर्घाखाँची – धारापानीमा सम्पन्न खुल्ला वडास्तरिय भलिबलको उपाधि मालारानी–८ ले जितेको छ ।

भलिबलका खेल प्रतिभालाई प्रष्फुटन गर्न भूमिकास्थान नगरपालिका ४ नम्बर वडा कार्यालयले आयोजना गरेको प्रतियोगितामा आयोजक धारापानीलाई पराजित गर्दै खुल्ला वडास्तरिय भलिबलको उपाधि हंशपुरले चुमेको हो ।

May be an image of 7 people and text

Nepal life insurance

भूमिकास्थान–४ को टीमलाई ३÷० को सोझो सेटमा पराजित गर्दै मालारानी–८ ले उपाधि उचालेको हो । उपाधिसँगै हंशपुरले नगद रु.३० हजार र ट्रफी हात पारेको छ । प्रतियोगितामा आयोजक धारापानी द्धितिय भएको छ । भने भूमिकास्थान–३ को भलिबल टिम तृतिय भएको छ ।

May be an image of 12 people, hospital and text

भूमिकास्थान–३,धारापानीले सन्धिखर्क–८ लाई २÷० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । प्रतियोगितामा द्धितिय स्थान हाँसिल गर्ने भूमिकास्थान–४ र तेस्रो भएको भूमिकास्थान–३ ले क्रमशः नगद रु.२० हजार र १० हजार संगै ट्रफी हात पारेका छन् ।

May be an image of 10 people and text

प्रतियोगितामा प्रथम हुने मालारानी–८ को टिमका खेलाडी अनिष पाण्डे उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ भने सन्धिखर्क–७ खाँचीकोटका खेलाडी मिशन खड्का अनुशासित खेलाडी घोषित हुनुभएको छ ।

May be an image of 10 people and text

भलिबल प्रतियोगिताको उद्घाटन शत्रमा भूमिकास्थान नगरपालिकाका उप–प्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली र भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थीले खेलले स्वास्थ्य, पहिचान र समृद्धिमा सकरात्मक भूमिका निभाउने बताउनुभएको छ ।

May be an image of 11 people, hospital and text

खेल र खेलको विकासका लागि आफुहरुले सक्दो सहयोग गर्ने पनि उहाँहरुको वचन छ । ३ दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका १९ वटा टिमले भाग लिएको वडा सचिव निलम शाहीले जानकारी दिनुभएको छ ।

May be an image of 11 people and people playing football

भलिबल खेललाई प्रोत्साहन गर्न, खेलाडीलाई अवसर प्रदान गर्न यो प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष पन्थीको भनाई छ ।

थप तस्बिर: 

May be an image of 10 people and text that says "भूमिकास्थान नगरपालिका A 8 dt. बडा कार्यालय आ.व. २०८१/०८२ को युवा लक्षित खेलकुद कारयक्रम अन्तर्गत रন वडा स्तरीय भलिबल प्रतियोगिता मिति: 구이다! 1၃/၃၀၃၃၄ गते स्थान: भूमिकास्यान म.पा.-૪ आसोजक:"

May be an image of 13 people and text

May be an image of 5 people and text

May be an image of 6 people

May be an image of 5 people

May be an image of 9 people, people playing football and text

May be an image of 10 people

May be an image of 10 people and text that says "भूमिकास्थान नगरपालिका A 8 dt. बडा कार्यालय आ.व. २०८१/०८२ को युवा लक्षित खेलकुद कारयक्रम अन्तर्गत रন वडा स्तरीय भलिबल प्रतियोगिता मिति: 구이다! 1၃/၃၀၃၃၄ गते स्थान: भूमिकास्यान म.पा.-૪ आसोजक:"

Nepal life insurance