संरचना र जनशक्तिको अभावदेखि विशेषज्ञको कमीसम्म, बिमा रकम रोकिँदा अर्घाखाँची अस्पताल संकटको भुमरीमा (तस्बिर सहित)

संरचना र जनशक्तिको अभावदेखि विशेषज्ञको कमीसम्म, बिमा रकम रोकिँदा अर्घाखाँची अस्पताल संकटको भुमरीमा ।

संरचना र जनशक्तिको अभावदेखि विशेषज्ञको कमीसम्म, बिमा रकम रोकिँदा अर्घाखाँची अस्पताल संकटको भुमरीमा ।

-मुक्तिनाथ भुसाल, अर्घाखाँची।

अर्घाखाँची – अर्घाखाँची अस्पताल जिल्लाको सदरमुकाम सनि्धखर्कमा अबस्थित एकमात्र माध्यमिक स्तरको सरकारी स्वास्थ्य संस्था हो, जसले सेवाग्राहीलाई निःशुल्क तथा न्यूनतम शुल्कमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

Nepal life insurance

यस अस्पतालले आपतकालीन सेवा, बहिरंग (ओपीडी) सेवा, प्रसूति सेवा, फिजियोथेरापी, दन्त तथा आँखा उपचार लगायत विविध सेवा सञ्चालन गर्दै आएको छ । यसैगरी, अत्याधुनिक उपकरण सहितको प्रयोगशाला परीक्षण, डिजिटल एक्स–रे, फार्मेसी, कलर भिडियो एक्स–रे लगायतका सेवाहरू २४ घण्टा उपलब्ध छन्। साथै, विगत तीन महिना देखि मुटुको भिडियो एक्स–रे (इको कार्डियोग्राफी) सेवा पनि सुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको प्रशासनिक संरचनामा रहेको यस संस्थाले जिल्लाको स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा महत्वपूर्ण योगदान दिँदै आएको भए तापनि, विगत एक वर्षदेखि बीमाका बिरामीलाई सेवा दिएबापत पाउनुपर्ने करीब ३ करोड रुपैयाँ बीमा बोर्डबाट प्राप्त हुन सकेको छैन । यदि यस्तै अवस्था रहिरह्यो भने, बीमा लाभ लिने बिरामीहरूले अब अस्पतालबाट निःशुल्क औषधि पाउन सक्ने छैनन् भन्ने चिन्ता बढ्दो छ ।

सरकारी अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा मात्र होइन, मानवीय र दयालु व्यवहार, पारदर्शी  प्रकृया, र समयपालनाको पनि अपेक्षा राखेका हुन्छन्। । विशेषतः ओपीडी सेवा र औषधि वितरण प्रकृयामा छिटो सेवा र दक्षताको विषयमा मुलुकभर नागरिकको चासो देखिन्छ । यस्तो नागरिक अपेक्षाले स्वास्थ्य संस्थाको सुधारमा सकारात्मक भूमिका खेल्ने भए पनि, अर्घाखाँची अस्पतालको समस्या केही फरक रहेको छ ।

पन्ध्र शैयाको स्थायी स्वीकृति प्राप्त गरिसकेको भए पनि हाल पचास शैयामा सेवा विस्तार गरिएको यो अस्पतालले अझै पनि पन्ध्र शैयाका लागि अनुमोदित जनशकि्त र संरचनामार्फत नै सेवा दिइरहेको छ ।

हाल यो अस्पतालमा दश जना डाक्टरसहित एकसय चारजना कर्मचारी कार्यरत छन्। । तीमध्ये पछिल्लो समय दुई जना डाक्टर सडक दुर्घटनामा परेका कारण कम्तीमा ६ महिनासम्म काम गर्न नसक्ने बुझिएको छ । आधारभूत पूर्वाधार, विशेषज्ञ चिकित्सक, एनेस्थेटिस्ट तथा अन्य आवश्यक स्वास्थ्यकर्मीको अभावका कारण जटिल केसहरू ठूला सहरहरूमा रिफर गर्न बाध्य हुनुपरेको अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीको भनाई रहेको छ ।

यद्यपि, अस्पताल पुगेपछि डाक्टर भेटिएनन् भन्ने गुनासो बिरलै सुनिन्छ, किनभने अस्पताल प्रमुख स्वयं नै निरन्तर खटिने भएकाले सेवाग्राहीहरूको धेरैजसो समस्या समाधान हुने गरेको स्थानीय सचेत तप्काले बताउदै आएका छन् । अत्यधिक भीडभाड हुने यो अस्पतालमा गत फाल्गुन महिनामा मात्रै ओपीडीमा ४,४३९ जना, आपतकालीन सेवामा ८९२ जना, भर्ना संख्या ७९१, अल्ट्रासाउन्ड ५५२, एक्स–रे ६०९, इको ३५, ल्याव १,५३८ र सि.यसमा ५ जनाले सेवा लिएको अस्पतालका सूचना अधिकारी निमबहादुर रानामगरले जानकारी दिनुभयो ।

जिल्लाको एकमात्र सरकारी अस्पताललाई राजनीतिक दलहरूले चुनावको बेला मात्रै सम्झने तर अन्य समयमा बेवास्ता गर्ने प्रवृति्तका कारण अस्पतालका कर्मचारी र सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ ।

पन्ध्र शय्याको जनशकि्त र संरचनामा ६१ वटा बेडमा बिरामी राखेर उपचार गर्नुले सेवाग्राही र कर्मचारीबीच सदैव सुमधुर सम्बन्ध रहन्छ भन्न सकिन्न । तर, नागरिकको सकारात्मक भूमिका, सहानुभूति र समर्थनले चिकित्सक तथा कर्मचारीलाई थप उर्जा प्रदान गर्न सक्छ । यस्तो सकारात्मक व्यवहार, धैर्यता र समर्थनकै कारण सेवाको गुणस्तरमा पनि वृदि्ध हुने सम्भावना रहन्छ ।

यसैगरी, सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले नागरिकप्रति निर्वाह गर्नुपर्ने भूमिकाले नै स्वास्थ्य सेवा प्रणालीलाई मजबुत बनाउँछ । हरेक नागरिकले गुणस्तरीय सेवा, दयालु व्यवहार, पेशागत आचरण, सार्वजनिक सम्पतिको संरक्षण, समयपालन, उत्तरदायित्व, स्वास्थ्य सचेतना, भेदभावरहित तथा समावेशी सेवा अपेक्षा राखेका हुन्छन्।

। हाल अस्पतालमा दुई जना एम.डी.जि.पी विशेषज्ञ बाहेक अन्य विशेषज्ञ डाक्टर छैनन्। साथै, पर्याप्त जनशक्ती र आवश्यक भौतिक संरचनाको अभाव पनि छ । एक वर्षदेखि अस्पताल विकास समितिको अध्यक्ष पदसमेत रिक्त छ ।

विमा वापतको करिब ३ करोड रुपैयाँ राज्यकोषबाट प्राप्त नभएपछि, पछिल्लो समय विभिन्न कम्पनीहरूलाई हारगुहार गरेर उधारोमा औषधि ल्याई फार्मेसी सञ्चालन गर्नु परेको अवस्थालाई अत्यन्तै चिन्ताजनक मान्न सकिन्छ ।

सिङ्गो अर्घाखाँची जिल्लासँगै गुल्मी र प्युठानका केही गाउँहरूलाई समेत सेवा पुर्‍याइरहेको यस अस्पताललाई सुसम्पन्न र सु ब्यवस्थित बनाउनेतर्फ राज्यले बेलैमा ध्यान दिनु अत्यन्त आवश्यक देखिन्छ ।‍

 

Nepal life insurance