अर्घाखाँची: मालारानीमा जिप दुर्घटना, २ जनाको मृत्यु , २ जना घाइते

 

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ ढुङ्गाडेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आज बिहान साढे तीन बजेतिर लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Nepal life insurance

 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका  दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अन्य २ जना वर्ष १७ का वसन्त पोखरेल र भुवन पोखरेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु