शिक्षक महासंघले घोषणा गर्‍यो शैक्षिक हडताल

शिक्षक महासंघले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन, दलका कार्यालयमा धर्ना दिइने

 

काठमाडौं । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ।

Nepal life insurance

चार दिनदेखिको निरन्तर आन्दोलनलाई अझ तीव्र बनाउँदै महासंघले भोलि चैत २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरी राजधानीको सडकमा उत्रन आह्वान गरेको हो।

शिक्षक महासंघले घोषणा गर्‍यो शैक्षिक हड्ताल, एसईईको उत्तरपुस्तिका परीक्षण पनि रोकियो

महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् । तर, सरकारले सुनुवाइ गर्न आलटाल गरेसँगै महासंघले हडताल घोषणा गरेको हो ।

शिक्षक महासंघले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन, दलका कार्यालयमा धर्ना दिइने

महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । यो अवधिमा एसईईका उत्तर पुस्तिका परीक्षणसमेत नहुने भएको छ, जसका कारण एसईईको परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ ।

महासंघले पठनपाठन, उत्तरपुस्तिका परीक्षणदेखि नतिजा प्रकाशनसम्मका सबै शैक्षिक गतिविधि स्थगित गर्न अपिल गर्दै हड्ताल सफल बनाउन शिक्षकहरूलाई आह्वान गरेको छ।

 

Nepal life insurance