नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार बनेको ९ महिनासम्म पनि कांगे्रस एमाले गठबन्धनको औचित्य सावित हुन नसकेको बताएका छन् । कोइरालाले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिएपनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको उल्लेख गरे ।
कोइरालाले मुलुकको सुशासन कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट रहेको भन्दै वर्तमान गठबन्धनको औचित्य सावित हुन नसकेको तर्क गरे ।
साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको सर्जक सुमन कर्मचार्यको कात्रोमा खल्ती अनाख्यानको लोकार्पण गर्दै कोइरालाले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएको जिकिर गर्दै देशको परिस्थीति अत्यन्तै नाजुक रहेको समेत बताए ।
उनले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उहाले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागी दुभाग्र्य हुने उल्लेख गरे । नेपालको अर्थतन्त्रसंग खेल्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ । – N 24